Saturday, May 20, 2017

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो विदेश भ्रमणको क्रममा आज साउदी अरब

अमेरिकी राष्ट्रपतिमा निर्वाचति भएपछि डोनाल्ड ट्रम्प पहिलो विदेश भ्रमणको रुपमा आज साउदी अरब पुग्नुभएको छ । रियादमा अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मिलेनियालाई साउदी राजा सल्मानले स्वागत गर्नुभएको थियो ।

भ्रमणका क्रममा अमेरिका र साउदी अरबबीच अबौं डलर बराबरको व्यापार सम्झौता हुने बीबीसीले उल्लेख गरेको छ । हातहतियार तथा उर्जासम्बन्धी आज हुने सम्झौता करिब १ खर्ब ५० अर्ब बराबरको हुने अनुमान गरिएको छ ।

आठ दिने लामो भ्रमणका क्रममा ट्रम्प ईजरायल, प्यालेष्टाईन, बेल्जियमको ब्रसेल्स, भ्याटिकन र सिसिलि पनि पुग्नुहुने बीबीसीले उल्लेख गरेको छ । संघीय जाँच ब्युरोका प्रमुखलाई निलम्बन गरेपछि विवाद जारी रहदा राष्ट्रपति ट्रम्प विदेश भ्रमण निस्कनुभएको हो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment