Saturday, May 27, 2017

नायिका नम्रता भन्छिन, म एकदमै धेरै सेक्सी छु, ब्वाईफ्रेन्डहरु धेरै छन मेरा भिडियो सहित

काठमाडौं – चलचित्र ‘छक्का पञ्जा’ रिलिज भएपछि थप चर्चा पाइन् नायिका नम्रता सापकोटाले । म्युजिक भिडियो र विज्ञापनमा ब्यस्त नम्रता अहिले आफुलाई भ्याई नभ्याइ भएको बताउँछिन् ।

उनि भन्छिन म अहिले पनि काम गरिरहेकी नै छु । ‘छक्का पञ्जा’ रिलिजपछि नै मेरो कामको चाप बढेको छ । टीभीसी, पेपर एड र भिडियोका काम बढेको बढ्यै छ । यो सब भएको ‘छक्का पञ्जा’कै कारण हो ।

उनले थपिन मैले आफ्नै हिसाबले काम गरिरहेकी छु । पछिल्लो केहि महिनायता एकदिन पनि फुर्सद छैन । काम गरेको गर्‍यै छु ।

सुस्त भएको भए त काम नभएर घरमै बसिरहनु पर्ने, त्यस्तो भएको छैन । म आफू कलाकार भएकाले अरुको कलाको पनि सम्मान गर्नुपर्छ । कति श्रष्टाले गीत लिएर आउनुहुन्छ । अभिनय गर्दिनु पर्‍यो भन्नुहुन्छ, मैले नाई भन्न सक्दिनँ । किनकी मैले अरुको कलाको पनि सम्मान गर्नुपर्छ ।

म्युजिक भिडियो होस् या चलचित्र सबै राम्रो हुन्छन् भन्ने छैन । कतिपय काम गर्दै जाँदा नराम्रो पनि बन्छ । कुराकानीकै क्रममा उनले भनिन्,पहिलो चलचित्रमा काम गरेपछि दुई वर्ष मैले काम गरिनँ । कारण मेरो पढाई पुरा गर्नु थियो ।

अभिनय र नृत्यका सन्दर्भमा पनि केही कोर्स गर्नु थियो । त्यो गर्ने क्रममा दुई वर्ष काम नगरी बसेँ । अहिले सक्रिय छु । नम्रता सापकोटा संग गरिएको कुराकानीको भिडियो हेर्नुहोस

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment