Saturday, May 27, 2017

पत्रकार कोइराला बालिका बलात्कारको आरोपमा पक्राउ

नेपाली टेलिभिजन क्षेत्रका चर्चित पत्रकार केदार कोइराला बालिका बलात्कारको अभियोगमा पक्राउ परेका छन् ।
आफ्नै घरमा काम गर्न राखिएकी १५ वर्षे बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त बानेश्वरले उनलाई शुक्रबार साँझ पक्राउ गरेको हो ।

पत्रकार कोइरालाले आफ्नो घरमा काम गर्ने १५ वर्षीय बालिकालाई पटकपटक बलात्कार गरेर गर्भवती बनाएको प्रहरी अनुसन्धानको क्रममा खुल्न आएको एसएसपी छविलाल जोशीले बताए ।

प्रहरी स्रोतका अनुसार कोइरालाले उक्त घटनालाई गुपचुप राख्न खोजे पनि बलात्कारपछि आफू गर्भवती भएको भन्दै ती बालिकाले आफूले अध्ययन गर्ने स्कुलकी एक शिक्षिकालाई जानकारी दिएपछि उक्त घटना बाहिर आएको थियो ।
स्रोतका अनुसार ती बालिकाको गर्भमा तीन महिनाको बच्चा छ ।प्रहरीका अनुसार पीडित बालिका अहिले सेभ द चिल्ड्रेनको संरक्षण छिन् भने पत्रकार कोइरालालाई अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासतमा राखिएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment