Thursday, May 4, 2017

मेयर उमेदवारको घरमा बम

पर्वत – पर्वतको कुस्मा नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदका उमेदवार रामचन्द्र जोशीको घरमा भेटिएको शंकास्पद बस्तु सकेट बम रहेको पुष्टि भएको छ खबर आजको नेपाल समाचारपत्रमा छ ।

कुस्मा नगरपालिका वडा नं ५ लोकतन्त्रचोक स्थित जोशीको घरमा भेटिएकोे संकास्पद बस्तु बम भएको पुष्टि भएको हो ।

जोशीको कार्यालय कोठाको कुनामा हरियो झोलामा राखिएको उक्त संकास्पद बस्तु डिस्पोज गर्ने क्रममा सकेट बम भएको पुष्टि भएको हो । नेपाली सेनाको रणदल गुल्मको बम डिस्पोजल टोलीले बम डिस्पोजल गरेको हो ।

जोशीको घरमा संकास्पद सुरक्षा निकायले घटनास्थल नियन्त्रणमा लिएर बम सुरक्षित रुपमा डिस्पोज गरेको हो । बम कसले राखेको भन्ने अहिले सम्म कसैले जिम्मा लिएको छैन । कुस्माबजारबाट सञ्चालित एक अनलाईनले दुई दिन पहिले नै जोशीको घरमा सकेट बम राखिएको समाचार पोष्ट गरेको थियो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment