Thursday, May 4, 2017

यी १० कुरामा ध्यान दिए क्यासर रोग लाग्न बाट जोगिइन्छ

एजेन्सी । आज विश्व क्यान्सर दिवस, नेपालमा अज्ञानताको कारण क्यासर रोगीको संख्या बढ्दो रहेको एक सर्वेक्षणले देखाएको छ । नेपालमा मात्रै बर्षेनि १४ हजारको क्यान्सर लागेर मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ । विश्व स्वास्थ्य संगठनले सुझाएको यी १० कुरामा ध्यान दिए क्यासर रोग लाग्न बाट जोगिइन्छ ।

१. धुम्रपान नगर्नुहोस् – कुनै पनि प्रकारका सुर्तिजन्य पदार्थको प्रयोग नगर्नुहोस् ।

२. घरलाई धुवाँरहित बनाउँनुहोस् – घरका झ्याल–ढोकालाई खुल्ला राख्नुहोस्, जसले गर्दा घरभित्र र बाहिर हावा आवात–जावत हुन्छ ।

३.शारीरिक सक्रिय – व्यायाम गरेर, शारीरिक काम, खेलकुदआदि क्रियाकलाप गरी शरीरलाई शारीरिक रुपमा सक्रिय राख्नसक्छौ । शारीरिक गतिविधिले क्यान्सर हुने सम्भावनालाई हटाउँन मद्दत गर्छ ।

४. स्वस्थ्य खाना – सन्तुलित भोजनलाई अपनाउनुहोस् । जंग फूड, तारेको खाना, औषधि हालेर उत्पादन गरेको तरकारी फलफूल खान कम गर्नुहोस् ।

५.मदिरा सेवनलाई सिमित गर्नुहोस् – बढी मदिरा सेवन गर्ने बानी छ भने विस्तारै सिमित गर्दै जानुहोस् ।

६. बढी घाममा नबस्ने – घामको कडा किरणले छालाको क्यान्सर निम्त्याउँछ । घाममा काम गर्नुहुन्छ भने घामको किरणबाट बचाउने उपाय अपनाउनुहोस् ।

७. दुध चुसाउने – सुत्केरी महिलाले बच्चालाई सकेसम्म आफ्नै दुध चुसाउनुहोस् । यसले स्तन क्यान्स लाग्ने सम्भावना कम रहन्छ ।

८. प्रदुषण कम गर्ने – हावा प्रदुषण उत्पन्न हुने गतिविधि जस्तै, प्लाष्टिकको सामान नजलाउने, जथाभावी फोहोर नगर्ने, आफ्नो घरबाट उत्पन्न प्रदुषणलाई व्यावस्थापन गर्ने । यो काम आफैँबाट सुरु गर्नुहोस् ।

९. खोप लगाउनुहोस् – आफ्नो बच्चालाई हेपाटाइटिस बि र एचआइभीविरुद्धको खोप लगाउनुहोस् ।

१०. क्यान्सर निवारण अभियानमा भाग लिनुहोस् – यस्ता अभियानले आफूलाई मात्र होइन अरुलाई पनि क्यान्सर बच्नबाट जोगाउन सकिन्छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment