दुई देशका निकुञ्ज तथा आरक्षका प्रमुखसहित भारतको वाल्मीकि टाइगर रिजर्बमा बिहीबार सम्पन्न दुईदिने बैठकले एउटा देशमा तस्करी गरेर अर्काे देशमा लुक्ने तस्करलाई नियन्त्रणमा लिन र निरुत्साहन गर्न दुवै देशले संयुक्त रुपमा गस्ती अगाडि बढाउने सहमति गरेको हो ।
नेपालका चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्ष भारतको वाल्मीकि टाइगर रिजर्बसँग जोडिएका छन् । नेपालतर्फका बाघ गैंँडालगायत जनावर भारततर्फ र भारततिरबाट नेपालतर्फ पनि आउने जाने गर्छन् ।
बैठकमा नेपालका निकुञ्ज र आरक्षका तर्फबाट चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल तथा भारततर्फबाट वाल्मीकि टाइगर रिजर्बका फिल्ड डाइरेक्टर चन्द्र शेखरले नेतृत्व गर्नुभएको थियो ।
कँडेलका अनुसार दुई देशका अधिकारीबीच चोरी तस्करी नियन्त्रण गर्ने, सीमावर्ती निकुञ्जका बीचमा सूचना आदानप्रदान गर्ने, संयुक्त गस्ती अरु प्रभावकारी बनाउने, क्षमता अभिवृद्धि गराउने, फिल्ड भ्रमण संयुक्त रुपमा गर्ने, कुनै समस्या देखिएमा तत्काल न्यूनीकरणका लागि बैठक बस्ने, बाघको अनुगमन गर्नेलगायत विषयमा बैठकले समीक्षा गरेको छ ।
बैठकमा घडियाल गोही र गिद्धको संरक्षणका विषयमा दुई देशतर्फका निकुञ्ज र आरक्ष विगतमा झैँ संयुक्त रुपमा लाग्ने पनि निर्णय भएको छ । फिल्डस्तरमा हुने सूचना आदानप्रदानलाई चुस्तदुरुस्त बनाएर कामलाई सहजीकरण गर्ने विषयमा पनि छलफल भएको कँडेलले बताउनुभयो । रासस
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment