Saturday, May 27, 2017

एयर होस्टेस प्रज्ञा महर्जनलाई काठमाडौं ल्याउन सकिएन

शनिवार, जेठ १३ ,काठमाडौ : लुक्ला विमानस्थलमा दुर्घटनाग्रस्त गोमा एयरमा सवार एयर होस्टेस प्रज्ञा महर्जनलाई मौसम प्रतिकुलताका कारण काठमाडौं ल्याउन सकिएको छैन्। केहीबेर अगाडि घाइते महर्जनलाई लिएर काठमाडौं उडान भरेको डाइनेस्ट एयरको नाइन एन एजेडी हेलिकोप्टर सोलुखुम्बुको चौरीखर्कमा अवतरण गरिएको छ।

तेन्जिङ हिलारी लुक्ला विमानस्थलमा भएको दुर्घटनामा महर्जन घाइते हुनु भएको छ। उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट पारसकुमार राईको निधन भइसकेको छ भने कोपाइलट सिर्जन मानन्धरको अवस्था गम्भीर छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डन प्राधिकरण कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार को पाइलट मानन्धरको भने लुक्ला अस्पतालमा उपचार भइराखेको छ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment