Saturday, May 13, 2017

चितवनको पहिलो मतदाता प्रधानमन्त्री दाहालद्वारा मतदान

चितवनको पहिलो मतदाताको रूपमा प्रधानमन्त्री पुष्पकमल दहालले भरतपुर ४ स्थित लंकुको लक्ष्मीउच्च माविको मतदान केन्द्रबाट मतदान गरेका छन्। ठीक सात बजे प्रधानमन्त्री दाहालले मतदान गरेका हुन्।

प्रधानमन्त्रीलेको परिवारले चितवनबाट स्थानिय निकायको चुनावमा भोट हाल्ने गरेका छन् । भोट हाल्नको लागि स परिवार उनी हिजै चितवन लागेका थिए ।

चितवनको भरतपुर ४ स्थित लंकुको लक्ष्मीउच्च माविको मतदान केन्द्रबाट भोट हाल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड ) ।

भरतपुर नगरपालिकाको मेयर पदमा दाहाल पुत्री रेणु दाहाल उम्मेदवार हुनुहुुन्छ ।

रेणुलाई नेपाली कांग्रेसलेसमेत मतदान गर्ने भएको छ ।  त्यस्तै दाहालले उपमेयर पदमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएकी पार्वती शाहीलाई मतदान गर्नुभएको छ ।

माओवादी र कांग्रेसबीच समझदारी भएअनुरुप दाहालले उपमेयरमा नेपाली कांग्रेसलाई भोट हाल्नुभएको हो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment