Saturday, May 13, 2017

श्रीमतीको शवसँगै ६ दिनसम्म बस्ने पति

ब्रिटेनको डर्बीशायरका एक जना पुरुषले आफ्नो श्रीमतीको मृत्यु भएपछि उनको शव भएको कोठामा ६ दिन सुतेको खुलासा गरेका छन्।

सर्भाइकल क्यान्सरसँग १० वर्ष संघर्ष गरेपछि अघिल्लो महिना ५० वर्षीया वेन्डी डेभिसनको निधन भएको थियो।

उनका पति रसल डेभिसनले श्रीमतीको निधनले आफ्नो मुटु छिया छिया भएको भन्दै उनको लासलाई शवगृहमा पठाउन आफूलाई मन नलागेको बताए।उनले आफूले मृत्युलाई हेर्ने मानिसहरुको दृष्टिकोणलाई पनि चुनौती दिन चाहेको बताए।

चुनौतीमृत शरीरलाई घरमा राख्न कानुनले अनुमति दिएको छ र डर्बीशायरको कोरोनर्स कोर्टले श्रीमती डेभिसनको निधनबारे उनका चिकित्सकले जानकारी गराएको पुष्टि गरेको छ।रसल डेभिसन भन्छन्, “हाम्रो समाजमा मृत्युको बारेमा कुराकानी गर्न नै वञ्चित गरिएको छ, कोही पनि यसबारे बोल्नै चाहँदैनन्।”उनले आफूलाई आफ्नी श्रीमतीलाई शवगृहमा वा अन्त्येष्टि आयोजनाका लागि बुझाउन मन नलागेको बताए।उनले भने “मलाई लाग्यो हाम्रो परिवारकै घरमा उनलाई राखेर स्याहार गर्नुपर्छ, हाम्रो शयनकक्षमा राखेर त्यही कोठामा मलाई सुत्न मन लाग्यो।”सन् २००६ मा क्यान्सर लागेको पत्ता लागेपछि डेभिसन परिवारले प्राकृतिक ढंगले नै उनको स्वास्थ्यको हेरविचार गर्ने निर्णय लिएको थियो।

चिकित्सकको हातमा आफ्नी श्रीमतीको जीवन सुम्पन नचाहेको भन्दै उनले आफ्नै ढंगले अनुसन्धान गरेर श्रीमतीको जीवन बचाउने प्रयास गरेको बताए।

सो परिवारले वेन्डीलाई बचाउन केमोथेरापी वा रेडियोथेरापी जस्ता उपचार विधि अस्वीकार गरेको थियो।

सुन्दरसन् २०१४ मा वेन्डीसँग ६ महिना मात्र जीवन बाँकी रहेको चिकित्सकहरुले बताएका थिए र त्यसपछि उक्त परिवारले ‘जीवनकै अद्वितीय समय’ बिताउने क्रममा युरोपको भ्रमण गरेको थियो।तर गएको डिसेम्बरमा पीडा बढ्न थालेपछि उनीहरु घर फर्किए।

रोयल डर्बी अस्पतालमा केही समय उनको उपचार पनि गराइयो तर वेन्डीले आफूले त्यहाँ अन्तिम सास फेर्न नचाहेको अडान लिइन्।

सो दम्पतीले घरमा नै बाँकी समय बिताउने निर्णय लियो र अन्त्येष्टि नहुञ्जेल उनको शव पनि घरमै राख्ने निधो गर्यो।

गएको अप्रिल २१ मा उनको मृत्यु भयो।”वेन्डीले एकदमै शान्तिपूर्ण ढङ्गमा अन्तिम सास फेरिन, कुनै पनि पीडा खेपिनन्।”उनले उक्त समयमा परिवार र साथीहरुसँगै रहनु एकदमै सुन्दर र आरामदायी अनुभव भएको सुनाए।नियमब्रिटेनमा चिकित्सकलाई खबर गरिएको र पाँच दिन भित्रै मृत्यु भएको दर्ता गराइएको छ भने अन्त्येष्टी नहुञ्जेलसम्म कानूनी रुपमा घरमै शवलाई राख्न सकिन्छ।उक्त शरीरलाई पखाल्न अन्त्येष्टि व्यवस्थापक वा नर्सको आवश्यकता पर्छ।यदी केही दिन धेरै शव राख्नुपर्यो भने एक जना अन्त्येष्टि व्यवस्थापकले शवलाई सुरक्षित ढंगले राख्नुपर्छ।डर्बीका एकजना कानुन व्यवसायी ज्याक वार्डले मृत्युबारे जानकारी दिइएको र दर्ता गराइएको छ भने अन्त्येष्टि नहुञ्जेलसम्म शव घरमा राख्न कानुनी रुपमा मिल्ने उल्लेख गरे।उनी भन्छन्, “ऐतिहासिक रुपमा मानिसहरुको मृत्यु घरमा नै हुन्थ्यो र उनीहरुको शव अन्त्येष्टिसम्म घरमै राखिन्थ्यो।”

विविसीबाट

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment