Saturday, May 13, 2017

३० वटा क्यामेराले भिडियो खिच्दै आफ्नै छोरालाई टुक्रा-टुक्रा पारेर सुँगुरलाई खुवाइयो

एजेन्सी । अमेरिकाको कन्सास सिटीमा यस्ता निर्दयी बाबुआमा भेटिएका छन् जसले आफ्नै सात वर्षका छोरालाई टुक्रा टुक्रा पारेर सुँगुरलाई खुवाएका छन् ।

छोरालाई पहिले दिनुसम्म यातना दिएपछि उनीहरुले उनको शरीरलाई टुक्रा टुक्रा पारेर सुँगुरलाई खुवाएका हुन् । सात वर्षीय एड्रिया जोन्सका आमाबाबुको सम्बन्ध विच्छेद भएपछि २०१३ देखि बाबुआमाले उनलाई यातना दिन सुरु गरेका थिए ।

एड्रियाकी एउटी दिदी पनि थिइन् । सम्बन्धविच्छेदका बेला एड्रियाकी दिदीको पालनपोषणको जिम्मा आमाले र ए«ियाको जिम्मा बाबुले पाएका थिए । सम्बन्धविच्छेदको एक वर्ष पछि नै पिता माइकलले हीथर नामकी महिलासँग बिहे गरेका थिए ।

त्यसपछि उनीमाथि यातनाको क्रम सुरु भएको थियो । एड्रियालाई खाना जनावरलाई जस्तै भुइँमा दिइन्थ्यो । उनलाई घण्टौंसम्म फोहर पानीको पोखरीमा उभ्याइन्थ्यो । उनलाई बिजुलीको झट्का पनि दिइयो ।

यातनापछि २०१५ मा माइकले एड्रियाको हत्या गरे र मासु सुँगुरलाई खुवाए । यो घटनाको प्रमाण जुटाउन प्रहरीलाई त्यति गाह्रो परेर किनकि माइकल र हीथरले यो क्रुर हत्याको भिडियो बनाउन ३० क्यामेरा जडान गरेका थिए । दुवैको मोवाइलमा पनि कैयौं भिडियो थिए ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment