जसको नाम ‘कलवानी’ हो । ती बालिका फिल्म रिलिज भएका बेलामा एक केटा साथीसँग फिल्म हेर्न गएकी थिइन् । अहिले तीनै बालिका गर्भवती भईन ।
उनले यो सबै ‘कालवानी’ फिल्म हेरेर गरेको र त्यसै कारण आफू गर्भवती भएको बताएकी छिन् । यस मुद्धामा चेन्नइ अदालतले सेन्सर बोर्डलाई आदेश जारी गरेको छ । फिल्मको विषयवस्तु र फिल्मलाई दिएको प्रमाण-पत्रका विषयमा अदालतले प्रश्न उठाएको छ ।
यस फिल्मका निर्देशक सर्कुनम हुन् । फिल्ममा अभिनेता विमल र अभिनेत्री ओविया मुख्य भूमिकामा छन् । फिल्म सन २०१० मा रिलिज भएको थियो । अदालतले जारी गरेको आदेशमा भनिएको छ ।
१३ बर्षर्की गर्भवती किशोरी १० महिना पहिला आफ्नो प्रेमीसँग भागेकी थिइन । उनले ‘कलवानी’ फिल्मबाट प्रभावित भएर यस्तो कदम उठाएको बताइन् ।
अदालतले आदेश जारी गर्दै सेन्सर बोर्डमाथि प्रश्न उठाएको छ, यस्तो विषयवस्तु भएको फिल्म रिलिज गर्ने अनुमति किन दिएको ? यस फिल्मलाई दिएको यू सर्टिफिकेट सबैभन्दा बढी विवादको कारण बनेको छ ।
अदालतले फिल्मको विस्तृत विवरणसहितको एक फाइल तयार गर्न बोर्डलाई आग्रह गरेको छ । जसमा फिल्म निर्मातादेखि लिएर फिल्मको काटछाट गर्ने, सम्पादन गर्ने सबैको प्रतिक्रिया समावेश गर्न भनेको छ ।
:- daily.gulfact
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment