Monday, May 29, 2017

आत्महत्या गर्न हिँडेकी महिलाकाे बाटाेमै बिवाह : त्यसपछि के भयाे ?….

एजेन्सी । एक युवती आत्महत्या गर्नका लागि घरबाट निस्किन्छिन् । बाटोमा उनले एक युवकलाई भेटेर आफ्नो उद्देश्य परिवर्तन गर्छिन् र तिनैसँग बिहे गर्छिन् । यस्तो घटना त प्रायः फिल्ममा देखिन्छ । तर यो वास्तविक जीवनमा भएको छ । भारतको बिहार राज्यको नवादा जिल्लाको शाहपुर गाउँमा यो घटना भएको हो ।

त्यहाँकी पिंकी नामक युवतीलाई उसका ससुरालीका मानिसले अत्याचार गर्ने गर्थे । दिनदिनै उनलाई कुटपिट गरेर उनीहरू उनलाई पागल घोषित गर्ने सूरमा थिए । पिंकीले दिनहुँको अत्याचार सहन नसकेर आत्महत्या गर्ने फैसला गरिन् र घरबाट निस्किन् । ट्रेनमुनि सुतेर मरिदिन्छु भनी उनले निश्चय गरिन् । तर बाटोमा उनले नजिकैको गाउँका अखिलेश माझीलाई भेटिन् ।

अखिलेशले पिंकीको हाउभाउ र कुराकानीबाट आत्महत्याको सुइँको पाएका थिए । त्यसपछि उनले पिंकीलाई खुबै सम्झाए र आफ्नो घर लगे । यता पिंकीका ससुराली र माइती दुवैले उनी हराएको खबर प्रहरीलाई लिए ।

केही दिनपछि पो थाहा भयो पिंकी त बकडझोली भन्ने ठाउँमा कसैसँग बसिरहेकी रहिछन् । उनी अखिलेशसँग बिहे गरेर बसेकी थिइन् । अखिलेशका पिता तथा पूरा परिवारले पिंकीलाई बुहारीका रूपमा स्वीकार गरेका रहेछन् ।

गाउँलेहरूका अनुसार अखिलेश र पिंकीले भेट भएको भोलिपल्टै गाउँको मन्दिरमा बिहे गरेका रहेछन् । दुवैको जात फरक भएपनि समाजमा कुरा नउठोस् भनेर बिहे गरेका रहेछन् । केही मानिसहरूले पिंकी र अखिलेशको फैसलाको प्रशंसा गरेका छन् र पिंकीले जिन्दगीमा अघि बढ्ने फैसला लिएर राम्रो गरिन् भनिरहेका छन् ।
Purbeli News

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment