आज बेलुकी कैलालीको धनगढीबाट पूर्वी तराइसम्म हावाहुरी लाग्ने भएको छ । बेलुकीपख कैलालीको धनगढीबाट शुरु हुने हावाहुरी पूर्वी तराईको मोरङ्ग सुनसरीसम्म पुग्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् शान्ति कंडेलले प्रतिघन्टा ४० किलोमिटरको गतिमा हावाहुरी आउने भएकाले सतर्कता अप्नाउन आग्रह गरिन् । बेलुकीपख घर बाहिरका सामाग्री सुरक्षित गर्न र हावाहुरीले गर्दा क्षतिपुग्नेमा ध्यान दिन जरुरी रहेको मौसमविद् कंडेलको भनाई छ ।
कैलालीबाट शुरु भएको हावाहुरी राती ९, १० बजे रुपन्देहीको भैरहवासम्म आउने र राती दुईतिन बजेसम्म पूर्वी नेपाल पुग्ने अनुमान गरिएको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment