Wednesday, May 17, 2017

नायिका नीताको सिउँदोमा सिन्दुर, रहस्य के हो ? फ्यानले सोधे-‘बिहे भएको हो ?’

काठमाडौं । आफू अभिनित फिल्महरु एकपछि अर्को असफल सावित हुँदा अहिले नायिका नीता ढुंगानालाई आफ्नो क्रेज बचाउन नै हम्मे-हम्मे परिरहेको छ । गएको बर्ष ‘लेकसाइड’, ‘निर्भय’ फिल्म रिलिज भएपनि नीतालाई यी कुनै पनि फिल्मले खुशीको मुस्कान छर्न सकेन ।

आफ्नो लिड रोल रहेका फिल्महरु लगातार फल्प हुँदा पनि नीता भने अहिलेसम्म खासै फुर्सद बस्नु परेको देखिन्न । म्यूजिक भिडियोसँगै फिल्ममा पनि व्यस्त नायिका ढुंगाना अहिले नायक आर्यन अधिकारीसँग फिल्म ‘करोडपति’ को छायांकनमा व्यस्त छिन् । यो फिल्ममा बलीउड अभिनेता राजपाल यादवको पनि मुख्य भूमिका रहेको छ । हालैमा नीताले आफ्नो आधिकारीक फेसबुकमा एक तश्वीर अपलोड गरेकी छिन्, जसले उनका फ्यानहरु अचम्ममा परेका छन् ।

सामाजिक संजालमा कलाकारले लेख्ने कुरा र अपलोड गर्ने तस्बिर उनीहरुका फ्यानका लागि सधै नै कौतुहलतामा रहन्छन् । कलाकारहरु सामाजिक संजालबाटै आलोचित हुन्छन् त कतै प्रशंसित पनि । सामाजिक संजालमा आफ्ना तस्बिर अपलोड गर्ने कुरामा नायिका नीता ढुंगाना पनि अगाडि छिन् । नीताले सामाजिक संजालमा धेरै तस्बिर अपलोड गरेको पाइन्छ ।

हालैमात्र उनले सिउँदोमा सिन्दुर भरिएको एक तस्बिर अपलोड गरिन् । जुन, तस्बिरले नीताप्रति दर्शकको उत्सुकता बढाइदियो । उनलाइ फ्यानले सोधीहाले-‘के तपाइको बिहे भएको हो ?’ सिउँदोमा सिन्दुर भरिएको तस्बिर नीताले अपलोड गर्नुको अर्कै कारण छ । यो एक विज्ञापनका क्रममा नीताले खिचेको तस्बिर हो । तर, उनले कुनै पनि क्याप्सन नलेख्दा उनका फ्यान झुक्किए ।

प्रेमी आमेष भण्डारीसँग प्रेममा रहँदा नीताले बिहे गर्ने चर्चा थियो । तर, अहिले भने नीता म्यूजिक भिडियो, चलचित्रमा नै व्यस्त देखिन्छिन् । उनी, चलचित्र असफल भएपनि काम पाइरहने भाग्यमानी नायिका हुन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment