Thursday, May 25, 2017

दुनियाका ५ अनौठा रहस्य, जुन अहिलेसम्म रहस्यमै छ

एजेन्सी,दुनियामा अनेकौँ अनौठा घटनाहरु भएका हुन्छन् । कतिपय ति घटनाको समाधान भएको हुन्छ कतिपय रहस्यमै रहन्छ । कतिपय घटना यस्तो रहस्यमा रहन्छ की त्यो एउटा सभ्यता जस्तो भएर रहिरहन्छ । आज हामी दुनियाका रहस्यमय ५ घटना बारे जानकारी गराउँदै छौँ ।









१. १ लाख २० हजार हरिणको मृत्यु
मध्य कजाकस्तानमा मे २०१५ मा केही दिनको अन्तरमै १ लाख २० हजार भन्दा बढि हरिणको मृत्यु भएको थियो । एकाएक यसरी हरिण मर्नुको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन । केही बैज्ञानिकले भने हरिणमा पैथजन भन्ने एक प्रकारको रोग सर्नाले यतिका हरिण मरेको हो । तर यो पनि ठोस कारण भने मानिएको छैन ।



२ . मलेशियन एयरलाइन्सको उडान
तपाईलाई थाहै होला की २०१४ मार्चमा मलेशियन एयरलाइन्सको फ्लाइट ९ःज् घठण्० एकाएक गायब भएको थियो । यो कहाँ गायब भयो अहिलेसम्म पत्ता लाग्न सकेको छैन । यो उडान भएको केही बेरमै एयर ट्राफिक कन्ट्रोलको सम्पर्कबाट बिच्छेद भएको थियो । त्यसयता त्यसको केही पत्ता लाग्न सकेको छैन । प्लेनमा २३९ जना यात्रीहरु थिए । अझै खोज जारी राखिएको भएपनि केही पत्ता लाग्न सकेको छैन ।



३ . कजाकस्तानको अजिब आकृति
कजाकस्तानको तुरगई क्षेत्रमा बनेको अजिबको आकृति सबै मानिसको लागि रहस्यमय छ । यो करिव ८ हजार बर्ष पुरानो संस्कृतिको निशानी मानिन्छ । तर यसले के अर्थ राख्छ कसैलाई थाहा छैन । विज्ञहरु भने अमेरिकी देश पेरुको नाज्का लाईन्स जस्तै रहेको बताउँछन् । यो जोडिएको आकारमा छ ।




४ . रहस्यमय जहाज
सन् २०१५ मा जापानको उत्तर पश्चिमी इलाकामा केही समुद्री जहाज फेला परेको थियो । यसमा सडेको अवस्थामा मान्छेको लासहरु फेला परेको थियो । करिव ३० वटा यस्ता जहाज फेला परेको थियो । त त्यो जहाज कहाँबाट आयो कसरी आयो, कसले पठाएको हो ? अहिलेसम्म रहस्यमै छ ।



५ . क्रिपी क्लाउन (खतरनाक जोकर)
अमेरिकी प्रान्तको अल्वेनीमा एक पटक क्रिपी क्लाउन (खतरनाक जोकर) देखिएको थियो । तर यो कहाँबाट आयो र कहाँ गायब भयो अहिलेसम्म पत्ता लाग्न सकेको छैन । केहीले भनेका छन् की यो क्लिफटन पार्कमा पनि देखिएको थियो । तर वास्तविकता के थियो आज सम्म कसैले पत्ता लगाउन सकेका छैनन् । यो अहिलेसम्म रहस्यमै रहेको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment