Thursday, May 25, 2017

तपाईको दांतको बिचमा खालि भाग छ? यस्तो हुन्छ तपाईको भाग्य !

सांमुद्रिक शास्त्र का अनुसार जुन मानिसहरुको दाँतको बिचमा खालि भाग हुन्छ उनिहरुको भाग्यफल तथा स्वभाव कस्तो हुन्छ भनेर एक प्रकारको टिप्पणी गरेको छ ।

शास्त्रको मान्यता अनुसार शरीरको माथि देखि तल सम्मको शरीरको बनावट हेरेर नै सबै कुराहरु पत्ता लगाउन सकिने बताइएको छ ।

जस्तै उनिहरुको स्वभाव, चरित्र तथा भुतकाल तथा बर्तमान र भविष्यको अन्दाज लगाउन सकिने बताइएको छ । आजको श्रृङखलामा दांतको बिच भागमा खालि ठाँउ हुने मानिसहरुको भाग्य तथा स्वभाव कस्तो हुन्छ सो कुरा पढ्न सक्नु हुनेछ ।

मिलेका तथा चम्किला दाँत हुने मानिसहरुको भाग्यफल कस्तो हुने ।
१. सामुद्रिक शास्त्रका अनुसार जुन ब्यक्तिका दाँत समान रुपका तथा चम्किला छन्, त्यस्ता ब्यक्तिहरु सुख संग जिवन ब्यतित गर्ने खालका हुन्छन् ।



२. ज्योतिष शास्त्रका अनुसार पनि मिलेका र चम्किला दाँत हुनेहरुको जिवन शैलि शुखमय तरिकाले ब्यतित हुन्छ भन्ने कुरा उल्लेख गरेको छ । यस्ता ब्यतिरुलाई कुनै पनि प्रकारको समस्या पर्दैन र यस्ता मानिसरु पैसा खर्च गर्ने बिषयमा एकदमै सावधानी अपनाउछन् र तिक्ष्ण दिमाग भएका हुन्छन् ।

दांतको बिचमा खालि हुनेहरु भाग्यमानी हुन्छन् । ज्योतिष शास्त्रका अनुसार जुन मानिसहरुको दांत को बिचमा खालि भाग हुन्छ त्यस्ता मानिसहरु बुद्धिवान तथा उर्जावान हुन्छन्, यस्ता मानिसहरु आफ्नो बुद्धी बिवकले परिश्रम गरि जिवनमा धेरै प्रगती गर्ने हुन्छन् । तर उनिहरुलाई जिवनमा धेरै कठिनाईरु आइपर्ने हुन्छ तर पनि त्यस्ता क्षणहरु पार गर्दै अघि बढ्न सक्छन् ।

यस्ता मानिसहरु खुला बिचार भएका हुन्छन्, आफ्नो मनको कुरा अरुलाई भन्न लाज मान्दैनन्, सुन्दरताको बिषयमा अति सजग हुनुका साथै खाना पीनमा अत्यन्तै शौखिन हुन्छन् । यस्ता ब्यक्तिहरुलाई सजिलैसंग झुक्याउन सकिदैन तथा पैसाको बिषयमा अरु भन्दा चतुर हुन्छन् ।

Source :- daily.gulfact

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment