Thursday, May 25, 2017

मोदीलाई भारतीय जनताको कठोर प्रश्न ”नेपालसँग किन सम्बन्ध बिग्रियो ?”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चुनाव जितेर सरकार बनाएको तीन वर्ष पुग्न लाग्दा बीबीसीले आफ्ना भारतीय पाठकसँग एउटा प्रश्न सोधेको छ, ‘‘तपाईको मनमा सरकारप्रति के प्रश्न छ, जसको जवाफ तपाईँ जान्न चाहनुहुन्छ ?’’

बीबीसीको यो प्रश्नलाई धेरै पाठकले रेस्पोन्स गरेका छन् । उनीहरूमध्ये अधिकांशले रोजगारको अवसरलाई लिएर भारत सरकारसँग प्रश्न गरेको देखिन्छ । बीबीसीको यो प्रश्नक्रममा प्रधानमन्त्री मोदी नेतृत्वको भाजपा गठबन्धनको सरकारसँग जनताले ३० वटा मूलभूत प्रश्नहरू सोधेका छन् र तिनको उत्तर खोजिरहेको बताएका छन् ।

मोदी सरकारसँग भारतीय जनताले सोधेका तीस प्रश्नमध्ये एउटा नेपालसँग पनि सम्बन्धित छ । जनताले सोधेका छन्, ‘‘मोदी सरकारको कार्यकालमा नेपालसँगको सम्बन्ध बिग्रियो र नेपाल अब चीनतिर ढल्कियो । सरकारले यसबारेमा के गरिरहेको छ ?’’
प्रश्न सही वा गलत जे भए पनि यसबाट भारतीय जनताको नेपालप्रतिको चासो र सरोकार व्यक्त हुन्छ । भारतीय जनताले मोदी सरकारसँग सोधेका ३० प्रश्न नेपाली पाठकका लागि पनि रोचक र महत्त्वपूर्ण हुन सक्छन् ।

प्रश्न यस्ता छन्
१. सरकारले हरेक वर्ष दुई करोड नोकरीहरू दिने प्रतिज्ञा गरेको थियो, यो प्रतिज्ञा के भैरहेको छ ?
२. मोदी सरकारको त्यस्तो कुन चाहिँ योजना गत तीन वर्षमा सफल भयो ?
३. जम्मू–कश्मीरमा कहिले शान्ति स्थापित हुनेछ ? यसका लागि सरकारको के योजना छ ?
४. उच्च शिक्षालाई राम्रो बनाउनका लागि सरकारको के नीति छ ? खासगरी विज्ञान र प्रविधिको शिक्षाका क्षेत्रमा ?
५. विपक्षमा रहेका बेला मोदीले तत्कालीन सरकारमाथि भ्रष्टाचारका अनेकौंं आरोप लगाएका थिए, तीमध्ये कसैले सजाय किन दिइएन किन ?
६. प्राथमिक स्वास्थ्य सुविधाहरूलाई राम्रो बनाउनका लागि सरकारले अहिलेसम्म के गर्यो ?
७. पाकिस्तानसँगको समस्या हल गर्न सरकारको नीति के छ ?
८. मोदी सरकारले देशका युवाहरूका लागि अहिलेसम्म के गर्यो ?
९. सरकारले जसरी स्मार्ट सिटीको कुरा गर्छ, त्यसैगरी स्मार्ट गाउँको कुरा किन गर्दैन ?
१०. प्रधानमन्त्री स्वयंले ८० प्रतिशत गौरक्षक आपराधिक तत्त्व हुन् भनेका थिए, उनीहरूमाथि रोक लगाउन सरकारले किन केही गरेन ?
११. सरकार विदेशबाट कालो धन (अवैध रकम) ल्याउन किन असफल भयो ? यस दिशामा सरकारले अहिलेसम्म के गर्यो ?
१२. गौरक्षकका हातबाट निर्दोष मानिसहरू मारिँदैछन्, सरकारले यस्ता घटनाको खुलेर निन्दा किन गर्दैन ?
१३. ‘मेक इन इन्डिया’ र ‘डिजिटल इन्डिया’ का बारेमा जे जति हल्ला हुँदैछ, त्यसको असर किन देखिँदैन ?
१४. नोटबन्दी गरेर सरकारले आखिर के प्राप्त गर्यो ?
१५. मोदी सरकारले विदेशबाट पूँजी ल्याउने कुरा गरेको थियो । मोदीले धेरै देशको भ्रमण पनि गरे । त्यसको परिणाम आखिर के निस्क्यो ? कति विदेशी पूँजी लगानी आयो ?
१६. सरकारले राम मन्दिर कहिलेसम्ममा निर्माण गर्छ ?
१७. बीफको निर्यातमा सरकारले किन रोक लगाउँदैन ?
१८. सरकारले ठूला कम्पनीहरूलाई धेरै छुट दिएको छ, तर देशका गरिबहरूको लागि उसले के गर्यो ?
१९. सैनिक र सुरक्षा बलका जवानको सीमाक्षेत्रमा भैरहेको निरन्तर हत्या रोक्न सरकारले के गरिरहेको छ ?
२०. माओवादी समस्याबाट पार पाउन सरकारले अहिलेसम्म ठोस कदम के उठायो ?
२१. चीनको बढ्दो दबदबा कम गर्न सरकारको रणनीति के छ ?
२२. सरकारले बढ्दो आबादी नियन्त्रित गर्न किन केही गरिरहेको छैन ?
२३. चारैतिर पहिलेजत्तिकै फोहोरमैला छ, ‘स्वच्छ भारत’ मा केवल प्रचार मात्रै भयो कि ठोस उपलब्धि पनि ?
२४. रेलको भाडा र अनेकौं शुल्कहरू बढिरहेका छन्, तर रेलको हालतमा सुधार आएन किन ?
२५. मोदी सरकारको कार्यकालमा नेपालसँगको सम्बन्ध बिग्रियो र नेपाल अब चीनतिर ढल्कियो । सरकारले यसबारेमा के गरिरहेको छ ?
२६. के मोदी सरकारको कार्यकालमा भ्रष्टाचारमा केही कमी आएको छ ?
२७. दलितहरूमाथि लगातार भैरहेका हिंसाहरू रोक्नका लागि सरकारले अहिलेसम्म के गर्यो ?
२८. सरकारले ‘स्किल्ड इन्डिया’ को कुरा गर्छ । तर जो स्किल्ड छन् उनैले नोकरी पाएका छैनन् भने स्किल्ड इन्डिया कार्यक्रमअन्तर्गत नयाँ सीप सिक्नेलाई रोजगार कसरी प्राप्त हुन्छ ?
२९. मुसलमानहरूका लागि देशको वातावरण सुरक्षित बनाउनका लागि सरकारले अहिलेसम्म कुनै पाइला किन चालेको छैन ?
३०. मुस्लिम महिलाहरूलाई तीन तलाकबाट मुक्त गर्न खोजिरहेको सरकार मुस्लिम महिलाहरूको शिक्षा र स्वास्थ्यका बारेमा कत्तिको चिन्तित छ ?

साभार बाह्रखरी , २०७४ जेठ ५

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment