Sunday, May 28, 2017

प्रचण्ड र ओलीवीच गोप्य सहमति, १०० दिन नपुग्दै देउवालाई हटाउने !

एक साताभित्रै कांग्रेस सभापति शेरबहादुर देउवा माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री बन्ने करिब करिब पक्का भएको छ । कांग्रेससँगको भद्र सहमति अनुसार नै पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजिनामा दिएका हुन् । उनको राजिनामा राष्ट्रपति विद्यादेवी भण्डारीले स्विकृत समेत गरिसकेकी छिन् । तर यो बीचमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सहमतिको सरकारको प्रस्ताव गरेको छ । संविधान जारी गर्दाका प्रमुख सारथीहरुवीच सरकारमा पनि साझेदारी हुनुपर्ने एमालेको जोड रहेको छ ।

एमालेले प्रधानमन्त्री दाहालको राजिनामा रोक्नको लागि लगातार व्यवस्थापिका–संसद बैठक नै अवरुद्ध गरेको थियो । प्रचण्डले संसदबाट नभई प्रधानमन्त्री कार्यालयबाट विशेष सम्बोधनमार्फत आफ्नो राजिनामा दिएका थिए । एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई नै निरन्तरता दिन चाहेको थियो । तर प्रचण्ड भने कांग्रेस सभापति देउवालाई नै अबको प्रधानमन्त्रीमा सहयोग गर्ने अठोटका साथ पदबाट राजिनामा दिए ।

हलैमात्रैपनि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी यतिवेला राष्ट्रिय सहमतिको सरकार गठनको पक्षमा रहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । र, यो बीचमा उनले प्रधानमन्त्री प्रचण्डसँग बाक्लो तथा गहिरो सम्बाद गरिरहेका छन् । स्रोतले भन्यो,‘प्रचण्ड र ओलीवीच दैनिक कुराकानी भैरहेको छ, प्रचण्डलाई प्रधानमनत्री बनाएर राख्नको लागि ओलीजीले जस्तोसुकै अस्त्र प्रयोग गर्ने बुझिएको छ।’

ओलीको बुझाईमा प्रचण्ड नै प्रधानमन्त्री भए दोस्रो चरणको निर्वाचनपनि समयमै सम्पन्न हुने र मधेशी मोर्चाको माँग सम्बोधन गर्नेगरि संविधान संशोधनमा आफूले सघाउनेसम्मको प्रस्ताव प्रचण्डसामू तेर्साएका छन् । तर प्रचण्ड अहिले नै ओलीको प्रस्तावमा सहमत भने भैसकेका छैनन् ।ओलीले प्रचण्डलाई भनेको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘तपाईकै नेतृत्वमा चुनाव गराउनुहोस्, चुनावपछि संविधान संशोधनमा समर्थन गर्नेगरि म पहल गर्छु, तर तपाई प्धानमन्त्रीबाट भाग्नुहुन्न नि।’ पछिल्लो समय कांग्रेस र माओवादी केन्द्रवीच यस्तो बलियो गठनबन्धन बनेको छ कि जो कसैलेपनि तोड्न नसक्ने देखिएको छ । त्यसैले एमाले अध्यक्ष ओलीले भनेजस्तोगरी प्रचण्डले काम गरिहाल्छन् भन्ने संभावना भने उतिकै कम देखिएको छ।

स्रोतका अनुसार यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनमा देउवालाई प्रधानमन्त्री बनाएपनि यदि निर्वाचन सम्पन्न गर्न नसके देउवालाई तुरुन्तै हटाएर वामपन्थी गठबन्धनवीच नयाँ सरकार गठन गर्नेबारे भने प्रचण्ड र ओलीवीच आन्तरिक सहमति भएको छ । ‘देउवा प्रधानमन्त्री भएको सय दिन पुग्न नपाउँदै देउवालाई ढालेर वामपन्थीहरुको सरकार बनाउने रणनीतिमा प्रचण्डपनि देखिएका छन्’ स्रोतले भन्यो,‘यदि जेठ ३१ गतेको चुनाव देउवाको लागि अग्निपरिक्षा हो, राजपा सम्मिलित गराएर चुनाव गराउन सके देउवा सरकार केही पनि हुँदैन, यदि नसके अर्को सरकार बन्ने निश्चित छ, अहिलेको ओलीको प्रयासपनि त्यसकै लागि हो।’

आईतबार विहान पत्रकार ऋषि धमलासँगको कुराकानीमा माओवादी केन्द्रका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले भने,‘अहिले नै हामी देउवाजीलाई धोका दिन्नौं, जेठ ३१ गतेको निर्वाचन उहाँले सम्पन्न गर्न सक्नुभएन भने अर्को सरकार बन्छ, यसको अर्थ हो नेतृत्व परिवर्तन हुन्छ।’ स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्नुको मुख्य कारण कांग्रेसलाई पहिलो पार्टी बन्न नदिने नै रहेको स्रोतको दाबी छ । उनले भने नै रहेको स्रोतको दाबी छ । स्रोतका अनुसार देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्न सके स्थानीय तहको निर्वाचनमा मात्रै नभएर प्रदेश, केन्द्रिय संसदको निर्वाचनसम्म आफ्नो पार्टीलाई पहिलो पार्टी बनाउन सक्ने ओलीको बुझाई रहेको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment