Sunday, May 28, 2017

प्रचण्डले छोरी उम्मेदवार बनाउदा गिज्याउने ओलीले अझ बढी दुइ ठाउमा काठमाडौंमा सालो र झापामा भतिजोलाई मेयरको उम्मेदवार बनाए

जेठ, काठमाडौं।

भरतपुरको प्रमुखमा उम्मेदवारी दिएकी रेणु दाहाललाई प्रचण्डकी छोरीको रुपमा धेरै चर्चा गरियो । विद्यार्थीकालदेखि माओवादीको युद्धमा लागे पनि जनप्रतिनिधि भएरै आउन उनले गर्न खोजेको प्रयासलाई वेवास्ता गर्दै उनलाई प्रचण्डपुत्रीको रुपमा मात्रै व्याख्या गर्ने यसको विरोध गर्ने ताँती छ ।

यसरी विरोध गर्नेमा सबैभन्दा बढी एमालेका कार्यकर्ता देखिएका छन्। यस्तो आरोपबाट आजित भएका माओवादी केन्द्रका कार्यकर्ताहरु पनि के कम एमालेबाट काठमाडौंको प्रमुखमा उम्मेदवार बनाइएका विद्यासुन्दर शाक्यलाई केपी ओलीको सालो भनेर चर्चा गरिदिए ।
ओलीको सुसुराली खलक शाक्य नै हुन् तर, विद्यासुन्दर साख्खै सालो भने होइनन् । तर, उता रेणुको उछित्तो काट्नेहरुले यता ओलीले सालोलाई टिकट दिएको भन्दै चर्चा गरे । आफ्नै सालो नभए पनि सालो पर्ने भन्दै चर्चा गरे ।

तर, उता झापाको दमकमा भने केपी ओलीका भतिजालाई प्रमुखको टिकट दिइएको छ । केपी ओलीकै चुनावी क्षेत्र रहेको झापा ७ बाट ओलीका भतिजा रोमनाथ ओलीलाई प्रमुखको उम्मेदवार बनाइएको हो । दमकबाट एमालेले गीता अधिकारीलाई उपमेयर बनाएको छ । यसरी हेर्दा पुराना पार्टीहरु अझै पितृसतात्मक नै रहेछन भन्ने प्रमाणित भएको छ |

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment