Friday, May 26, 2017

हुसेनलाई म्यानपावरले दिए यस्तो धम्की :जति पावर लगा ,प्रधानमन्त्री ल्याए पनि तैंले क्षतिपूर्ति पाउँदैनस

काठमाडौँ – ‘डिआईजी, प्रधानमन्त्री जोसुकैलाई ल्याए पनि तैले कुनै क्षतिपूर्ति पाउँदैनस् । अबदेखि तलाई यहाँ देखें भने ठिक हुँदैन।’ भनेको काम र दाम नपाएपछि क्षतिपूर्ति पाइन्छ कि भनेर म्यानपावर पुगेका मोहम्मद हुसेन दर्जीलाई म्यानपावरले धम्की दियो ।

.

हुसेन २०७१ चैत १ गते काठमाडौंको द रिभर ओभरसिजबाट मलेसिया गएका थिए |उनलाई सेक्युरिटी गार्डको काममा महिनाको १५ सय रिंगिट हुन्छ भनेको थियो म्यानपावरले । यहाँ कमाईको मेलो नपाएर छटपटिएका हुसेनलाई बहिनीको बिहेको खर्च जुटाउने जिम्मेवारी पनि थियो । अनि ११ जनाको परिवार चलाउनु त छँदै थियो ।

बाध्यता धेरै भएका बेला म्यानपावरले भनेको १५ सय रिगिंट ठिकै लाग्यो । त्यसैले उनि मलेसिया जान राजी भए ।मलेसियाको तेगास कम्पनीमा सेक्युरिटी गार्डमा गएका उनले दुई महिनासम्म त काम नै पाएँन । कम्पनीले हप्ताको ५० रिंगिट खानलाई पैसा दिएर राख्यो ।

.

दुई हप्तापछि काम त दियो तर कहिले दुई दिन एक ठाउँमा अनि कहिले ४ दिन अर्को ठाउँमा काम गर्नुपथ्र्यो । त्यतिबेला बल्ल उनले आफूलाई म्यानपावरले सप्लाई कम्पनीमा पठाएको रहेछ भन्ने थाहा पाए |

म्यानपावरले त उनिसँग महिनाको १५ सय रिंगिटको सम्झौता गरेको थियो तर उनले एक महिनामा ३ सय ८० रिंगिट मात्रै पाए। त्यसमाथि खानाको पैसा पनि दिएन । त्यतिबेला नैउनले फर्किने सोच बनाए तर बाध्यताले गर्दा घर फर्किन सकेन । घरको दिनैको खर्च अनि बहिनीको बिहेको खर्च पनि जुटाउनु थियो त्यसैले बाध्य भएर काम गरिरहे ।

.

त्यसरी नै दैनिकी चलेको पनि चार महिनामै भइसकेको थियो । एक दिनको घटनाले हुसेन समस्यामा मात्रै परेंन घरनै फर्किनुपर्यो । एक रात होटलमा चार जना नेपाली साथीहरुसँग खाना खाँदै गर्दा पछाडीबाट हुसेनलाई एक जनाले टाउकोमा रडले हानेर घाइते बनाए । अरु साथी त भागे तर हुसेन अर्धचेत हुनुभयो । ‘टाउकोमा हिर्काउने चोर नै रहेछ क्यार मसँग भएको सबै पैसा अनि मोबाइल लिएर भाग्यो’ हुसेन भने |

पछि उनलाई साथीहरुले कम्पनीमा पुर्याए । कम्पनीले उपचार गर्न मानेन । बीमा पनि नभएको र उसँग साथमा पैसा पनि नभएकोले उनले आफनो उपचार गर्न सकिएन | ‘यदी उपचार नगरिदिने भए एम्बेसी जान्छु भन्दा कम्पनीका साहुले पनि धम्की दिए ।’ तर त्यो भन्दा अघि साहुले आफ्नै त्यसरी नै कम्पनीका साहुसँग पैसा माग्दा केही कामदारलाई कुटेको देखेका थिए। त्यसैले साहु विरुद्द उजुरी दिन दूतावास जानै सकेन ।

.

रडले टाउकोमा लागेकोले हुसेनले काम पनि गर्न सकेन । आफूलाई परेको समस्या बारे उनले म्यानपावर कम्पनी र केही सञ्चार माध्यमलाई पनि इमेल गरेर जानकारी गराए तर इमेलको कुनै जवाफ आएन । त्यसैले कम्पनी छोडेर साथीहरुसँग सहयोग मागेर ५ हजार रिगिंट तिरेर नेपाल फर्किए ।

.

काठमाडौं आइपुग्ने बित्तिकै हुसेन टिचिङ हस्पिटल गएर जँचाएपछि औषधी खान थाले । १५ दिन औषधी खाँदा पनि बीसको उन्नाइस नभएपछि उनि घर पुगेर भारतको पटना पुगे उपचार गराउन । त्यहाँका डाक्टरले सिफारिस गरेको औषधी खान थालेपछि समस्या केही कम हुन थालेको छ ।

.

तर दिनकै डेढ सय रुपैयाँको औषधीको खानु पर्ने भएपछि पैसा पुर्याउन उनलाई हम्मे हम्मे परिरहेको छ । ‘औषधी खान छुट्यो भने जमिन भाँसिएको जस्तै हुन्छ । शरीर तात्तिने, धेरै डर लाग्ने अनि बोलेको सुनिँदैन’ हुसेन ले भने ।

औषधी खाने पैसा पनि नभएका हुसेनलाई नेपाल फर्किंदा सापटी दिएका साथीहरुको पैसा पनि फिर्ता गर्नुपर्ने छ ।त्यसैले उनि म्यानपावरले क्षतिपूर्ति दिन्छ कि भन्ने आशले चार पटक म्यानपवार पुगे तर क्षतिपूर्ति होइन धम्की दिए म्यानपावरका सञ्चालकले ।

धम्की पाएपछि उनि अहिले म्यानपावर जान सकेको छैन। हुसेनले मलेशिया जाने बेलामा म्यानपावरलाई १ लाख २५ हजार रुपैयाँ बुझाएका थिए तर म्यानपावरले उनलाई ४० हजार रुपैयाँको मात्रै रसिद दिएको थियो । कमाउन विदेश गएर खाली हात फर्किनुपरेपछि अहिले हुसेनसँगै उनको परिवार बुवाको दर्जी पेशामै निर्भर छ ।

साभार :- उज्यालो अनलाईन  बाट


Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment