Friday, May 26, 2017

यी हुन् बलिउडका पाँच धनी नायिका को को परे त हेर्नुहोस !

काठमाडौं । पछिल्लो केही वर्ष यता बलिउडको बजार निकै बिस्तार भएको छ । भारतमा करिब ४० प्रतिशत मात्रै बजार पाएको बलिउडले अन्तराष्ट्रिय बजारबाट करिब ६० व्यापार गरिरहेको छ । बलिउडका सेलिब्रेटीहरु धनी हुनुको पछाडी चलचित्रको व्यापार वृद्धि पनि प्रमुख कारण हो ।

 फिल्म खेलेबापत नै कलाकारहरुले मनग्ये पैसा कमाउने गर्छन् । साथै कलाकारहरु विज्ञापन, सद्भावनादूत तथा बिभिन्न कार्यक्रमहरुमा सहभागी भएर पनि पैसा कमाउने गर्छन् । बलिउडका नायिकाहरुको कुरा गर्ने हो भने कतिपयले त हलिउडको अनुभवपनि लिइसकेका छन् ।

१. सोनाम कपुर

 


 बलिउड अभिनेता अनिल कपुरको छोरी सोनाम कपुरले सन् २००७ बाट बलिउड फिल्म उद्योगमा पाइला चालेकी हुन् । उनले फिल्मी क्षेत्रको अलावा विज्ञापन तथा सद्भावनादूत मार्फत राम्रो आम्दानी गर्दै आइरहेकी छिन् । उनले अभिनय गरेको सफल चलचित्रहरुमा सावरिया, डेल्ली–६, आई हेट लभ स्टोरिज, थ्याङ्क्यु, प्लेयर्स लगायत छन् । उनको कूल सम्पत्ति १५ मिलियन डलरभन्दा बढी छ ।

२. विद्या बालन




पाँच पटकको फिल्म फेयर अवार्ड बिजेत बालन बलिउडमा निकै चर्चित नाम हो । १६ वर्षको उमेरबाटै फिल्म क्षेत्रमा काम गर्न थालेकी विद्याले सन् २०१४ मा पद्माश्री अवार्डपनि हाता पारिन् । उनले अभिनय गरेको फिल्महरु हे बेबी, डर्टी पिक्चर, कहानी लगायत फिल्महरु सफल भएको थियो । उनले युटिभीको निर्देशक सिद्धार्थ कपुरसँग बिबाह गरेकी छिन् । उनको कूल सम्पत्ति १५ मिलियन डलर रहेको छ ।

३. बिपाशा बसु



मोडलिङ क्षेत्रबाट बलिउडमा प्रवेश गरेकी नायिका बिपाशा बसुको जन्म १९७९ मा भएको हो । उनले हिन्दी, तामिल, बेङ्गाली तथा तेलेगु भाषको फिल्ममा समेत काम गरिसकेकी छिन् । उनले अभिनय गरेको चलचित्रहरु अजनवी, राज, नो–इन्ट्री, फिर हेरा फिर, धुम –२ रहेका छन् । थुप्रै राष्ट्रिय अवार्डहरु हाता पारेकी बिपाशाको सम्पत्ति १५ मिलियन डलर रहेको छ ।

४. दीपिका पादुकोण



दीपिकाले ३० वटा भन्दा धेरै फिल्महरुमा अभिनय गरेकी छिन् । उनले अभिनय गरेको फिल्महरुमा तमासा, पिकु, रेस–२, हाउसफुल, ककटेल लगायत छन् । दीपिका बलिउडमा मात्रै सिमित भएकी छैनन् उनले हलिउड फिल्म ट्रिपल एक्समा भेन डिजेलसँग पनि अभिनय गरिसकेकी छिन् । सफल नायिका पादुकोणको सम्पत्ति १० मिलियन डलर भन्दा धेरै छ ।

५. कट्रिना कैफ



कट्रिना बलिउडको एक सफल नायिका हुन् त्यसैले राम्रो पैसा चलचित्रबाट हाता पार्ने गर्छिन् । उनले अभिनय गरेको ब्लकबस्टर फिल्महरुमा नमस्ते लन्डन, धुम–३, प्यान्थम, रेस लगायत रहेका छन् । उनले सम्पत्ति १० मिलियन डलरभन्दा धेरै रहेको छ ।


Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment