Monday, May 22, 2017

तपाइको आजको राशिफल, आज मिती वि।सं। २०७४ साल जेठ ९ गते। मंगलबार। इश्वी सन् २०१७ मे २३ तारिख। नेपाल संवत् ११३७ बछलागा

तपाइको आजको राशिफल, आज मिती वि।सं। २०७४ साल जेठ ९ गते। मंगलबार। इश्वी सन् २०१७ मे २३ तारिख। नेपाल संवत् ११३७ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– द्वादशी

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। विभिन्न अवसरले पछ्याए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। खानपानको असावधानीले स्वास्थ्य कमजोर रहला। शक्तिका लागि धाउनेहरूबाट सजग रहनुपर्ला। सरकारी कामकाजमा अलमल हुन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ। शुभचिन्तकहरूको राय लिएर अघि बढ्नुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
व्यवसायमा लगानी बढाउनुपरे पनि लागेको मूल्य उठाउन मुस्किल पर्नेछ। फाइदाका पछि लाग्दा काम बिग्रने सम्भावना देखिन्छ। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। सानो गल्तीले हर्जाना तिराउन सक्छ। नयाँ काममा लगानी गर्न केही समय पर्खंदा राम्रो हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि लाभ मिल्नेछ। भौतिक साधन जुट्नेछन्। सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। समुदायको नेतृत्व गर्दै आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। आँटले कीर्तिमानी दिलाउन सक्छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट मनग्गे लाभ मिल्नेछ। व्यापारमा पनि निकै फाइदा हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला। अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने हुन सक्छ। सुरुमा सोखले खर्च गराउनेछ भने पछि भैपरी आउने समस्याले। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन्। चिताएको काम रोकिए पनि भाग्यले केही अवसर थमाउन सक्छ। परोपकारी कामले मात्र अरूको मन जित्न सकिनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ने स्थिति आउला। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। सहयोगीहरूको भर पर्दा दु:ख पाइनेछ। गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। अवसर जुटे पनि ठूलो उपलब्धिका लागि समय पर्खनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
परिवारजनको साथले उत्साहित भइनेछ। तर, प्रतिष्ठा एवं लोकाचारका लागि अनावश्यक काममा जुट्नुपर्ला। परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। वादविवादले पुरानो सम्बन्धमा समस्या निम्त्याउन सक्छ। भौतिक साधन बिग्रनाले काममा विलम्ब हुनेछ। जीवनसाथीको स्वास्थ्यबारे चिन्ता बढ्न सक्छ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
Scorpioमिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर र आम्दानीले पछ्याउनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्गे फाइदा हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। परिस्थितिवश तत्काल लाभांश नजुट्न सक्छ। समयको तालमेल नमिल्नाले चिताएको काममा विलम्ब होला। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। पेटको खराबीले कमजोर भइनेछ। पछिका लागि फाइदा भए पनि सोचेको परिणाम तत्काल प्राप्त नहोला। अध्ययनमा समय दिन नसक्दा पछि परिने सम्भावना छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ। आफ्नाले समयमा सहयोग नगर्दा अवसर फुत्किन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा दिएको वचनले समेत आफैंलाई अप्ठ्यारो पार्न सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। नयाँ तथा रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। व्यापारमा पनि मनग्य धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment