साथै यसको लागि मोटो रकम खर्च गर्नुपर्ने आवश्यकता समेत पर्दैन । यस्तै सामाग्री मध्ये चामलको पिठो पनि एक हो, जसको प्रयोग त्वचासँग जोडिएका समस्याहरु समाधानको लागि गरिन्छ । आज हामी चामलको पिठो प्रयोग गरेर विभिन्न समस्याको समाधान गर्ने उपायको बारेमा जानकारी दिँदै छौँ ।
१.आँखा तल्लो भागमा देखिने कालो घेरालाई हटाउनको लागि
दुई चम्चा चामलको पिठोमा पाकेको केरा वा एक चम्चा बदामको तेल राखेर फिट्ने । तयार भएको पेष्टलाई कालो घेरा लगाउने । यस्तो प्रक्रिया दिनहुँ गर्नाले समस्या समाधान हुन्छ ।
२. कालो दाग र मुसा आउने समस्याको लागि उपयोगी
चामलको पिठोमा एक चम्चा मह र ध्युकुमारीको जेल मिलाएर पेष्ट बनाउने । उक्त पेष्टलाई प्रभावित ठाउँमा लगाउने गर्नाले कालो दाग र आएको मुसा हराएर जान्छ ।
३. घामले डढेको छालाको कालो धब्बालाई हटाउन मद्दतगार
एक चम्चा चामलको पिठोमा कागतीका रस मिलाएर पेष्ट बनाउने । तयारी पेष्टलाई डढेको छालामा लगाएर सुस्क दिने र सुकिसकेपछि हल्का मनतातो पानीले धुने गर्नुपर्दछ ।
४. अनुहारमा देखिने बुढौलिपन हटाउनको लागि
चामलको पिठो जवान देखिने एक राम्रो सामाग्री हो । अनुहारमा कम उमेरमै बुढौलिपन देखिने नदिनको लागि अण्डामा चामलको पिठो मिलाएर त्यसमो दुई थोपा ग्लिसरीन राख्ने । यसरी तयार भएको प्याकलाई अनुहारमा लगाउने र सुकेपछि मनतातो पानीले धुने गर्दा अनुहारमा चमक आउनुको साथै जवान पनि देखिन्छ ।
ओएस नेपालको सहयोगमा
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment