३० वर्ष पार गरेपछि शरिरमा हुन्छन् यी परिवर्तनः
– तौल बढ्ने
– मांसपेशी कमजोर हुने
– मुटुमा समस्या
– मधुमेह
– हड्डी कमजोर
१. एल्मोन्ड (बदाम)
यसमा भिटामिन बी सिक्स र फोलिक एसिड हुन्छ । यसले मेमोरी तेज हुन्छ र बाँझोपनबाट पनि मुक्त गराउँछ ।
२. दहीः
यसमा क्याल्सियम प्रोबायोटिक ब्याक्टेरिया हुन्छ । यसको नियमित सेवनले तौल नियन्त्रणमा हुन्छ, हड्डी बलियो हुन्छ ।
३. गोलभेडाः
यसमा फाइबर र फ्लेवोनाइड्स हुन्छन् । यसले तौल कम गर्न मद्दत गर्दछ र सुन्दरतामा निखार ल्याउँछ ।
४. दूधः
यसमा एन्टीअक्सिडेन्टस्, प्रोटिन हुन्छ । यसको नियमित सेवनले मांसपेशी बलियो हुन्छ, छालाको लागि फाइदाजनक छ ।
५. पालुङ्गोः
यसमा आइरन, भिटामिन डी हुन्छ । यसले रक्तअल्पत्ताबाट बचाउँछ, हड्डीका लागि यो फाइदाजनक छ ।
६. डार्क चकलेटः
यसमा फ्लेवोनाइड्स, एन्टीअक्सिडेन्ट हुन्छ । यसको सेवनले अनुहारमा चाउरी पर्दैन, मुड राम्रो हुन्छ ।
७. माछाः
यसमा ओमेगा थ्री फ्याटी एसिड हुन्छ । यसले मुटुको समस्या र डिप्रेशनबाट बचाउँछ ।
८. अण्डाः
यसमा भिटामिन ‘ए’ र फस्फरोस हुन्छ । यसले आँखालाई स्वस्थ राख्नुका साथै दाँत बलियो बनाउँछ ।
९. ओट्सः
यसमा फाइबर, कार्बोहाइड्रेट हुन्छ । यसले पाचन क्रियालाई बलियो बनाउँछ र तौल नियन्त्रणमा राख्छ ।
१०. राजमाः
राजमामा एन्टिअक्सिडेन्ट हुने भएकाले यसले छालाको चाउरीपनालाई कम गराउनुका साथै घामको किरणले छालालाई पुर्याउने क्षती पनि कम गर्छ ।
Source :- sudurkhabar
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment