रेणु भरतपुर महानगरपालिकाकी मेयर उम्मेदवार हुन् । उनलाई जिताउन प्रधानमन्त्री प्रचण्डले उम्मेदवारको मनोनयनपछि कांग्रेससँग तालमेल गरेका थिए । तर, कांग्रेससँग मिल्दा पनि चुनाव हार्ने देखिएपछि प्रचण्डपुत्री रेणुले अनौठो अडान राखेकी छन् ।
निर्वाचन कार्यालय चितवन स्रोतका अनुसार रेणुले मेयरका लागि रुखमा परेको मत आफ्नो पक्षमा गणना हुनुपर्ने अडान राखेपछि मतगणना हुन नसकेको हो । उनको प्रस्तावलाई एमालेसहितका अन्य दलले मानेका छैनन् ।
केन्द्रबाट सभापति शेरबहादुर देउवाले उम्मेवारी मनोनयनपछि माओवादी केन्द्रसँग चुनावी तालमेल गरेपछि चितवनका कांग्रेस कार्यकर्ता असन्तुष्ट बनेका थिए । उनीहरुले प्रचण्डपुत्री एवं मेयर उम्मेदवार रेणुलाई भोट नहाली उम्मेदवार नभएको कांग्रेसको रुख चिन्हमा भोट हालिएको आशंका गरिएको छ । जसका कारण रेणुले ती मत पनि आफ्नो पक्षमा गनिनुपर्ने अडान लिएको स्रोत बताउँछ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment