एमाले सचिव योगेश भट्टराईका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिकाको वडा नं १ मा एमालेका नन्द केसी अध्यक्ष निर्वाचित हुनुभएको छ ।
त्यस्तै, २ नम्बर वडामा एमालेका रामबहादुर सुबेदी अध्यक्ष पदमा निर्वाचित भएका छन् । १ नम्बरमा केसी र २ नम्बरमा सुवेदीसहित दुईटै वटामा पुरै एमाले प्यानल विजयी भएको सचिव भट्टराईले जानकारी दिए ।
मुस्ताङमा पनि खाता खोल्यो
यस्तै एमालेले मुस्ताङमा पनि विजयी सुरुवात गरेको छ । मुस्ताङको बारह गाउँ मुक्ती क्षेत्रमा ५ नम्बर वडामा राके गुरुङ बिजयी भएका छन् । यसअघि मनाङका दुई गाउँपालिकामा एमालेले जितिसकेको छ ।
नुवाकोटमा पनि विजयी सुरुवात
यस्तै नुवाकोटमा पनि एमालेले खाता खोलेको छ । एमाले सचिव भट्टराईका अनुसार मेघाङ गाउँपालिका वडा नं १ बर्सुन्चेतमा नेकपा एमालेका दलसिङ तामाङको पुरै प्यानल बिजयी भएको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment