Wednesday, May 17, 2017

बिहान उठ्ने वित्तिकै दिनहुँ मेथी भिजाएको पानी खानुहोस्, पाउनुहुने छ फाइदैफाइदा

एजेन्सी । के तपाईले कहिल्यै मेथीको पानीको बारेमा सुन्नुभएको छ ? यदी सुन्नुभएको छैन भने थाहापाइ राख्नुहोस सधैं बिहान मेथीको पानी पिउनाले हुन सक्छ अमुल्य लाभ। थाहा पाउनुहोस मेथीपानी खानुका फाइदा:

कोलेस्ट्रोल कम गर्नु छ र क्यान्सर जस्तो बिरामीबाट सुरक्षित हुनको लागि पनि मेथीपानी एक सरल र प्रभावकारी औषधी हो । यतीमात्रै होइन यसले तपाईको कपाल र अनुहारको लागि पनि धेरै फाइदा गर्छ ।

जोर्नीको दुखाईको लागि पनि मेथीपानी एक अचुक उपचार हो । सामान्यतया दुखाईबाट राहत पाउनको लागि मेथी सेवन गरिन्छ र चिसोमा मेथीको लड्डु बनाएर पनि सेवन गरिन्छ ।

उच्च रक्तचापको समस्या छ भने पनि मेथीपानी तपाईको लागि धेरै नै उपयोगी हुन्छ । यसले रक्तचाप नियन्त्रण गर्छ र यस सम्बन्धी अन्य समस्याहरुको पनि समाधान गर्छ ।

एक गिलास पानीमा एक चम्चा मेथीदाना रातभर भिजाएर राख्नुहोस र विहान उठ्नासाथ खाली पेटमा पिउनुहोस । नियमित यस्तो गर्नाले तपाईको तौल कम हुन्छ र तपाई स्लिम र आकर्षक शरिर बनाउन सक्नुहुनेछ ।

सुगरका बिरामीलाई यो तरिका धेरै प्रभावकारी हुन्छ । सधैं मेथीपानी सेवन गर्नाले सुगरको समस्या छिटै समाधान हुन्छ र रगतमा सुगरको लेभल घट्छ ।-

साभार :-डिसीनेपाल

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment