के भात खाँदा भुँडी बढ्छ ?
कतिपयले भुँडी घटाउन भन्दै रोटी खाने गर्छन् भने कसैले भातले भुँडी नबढ्ने भन्दै भात खान्छन् । कतिलाई त अझ भात नखाइ पेट नै नभरिने समस्या हुन्छ । धेरै मानिसलाई रोटी खाँदा भुँडी घट्छ भन्ने लागेपनि यसबारेमा मानिसहरुलाई स्पष्ट जानकारी छैन । विश्वका चर्चित डाइटिसियनले एक टोकरी ३० ग्राम चामल र ३० ग्राम रोटीले शरीरमा उत्तिकै क्यालोरी दिने भएका कारण यसमा अलमल नपर्न सुझाव दिएका छन् ।
हालै प्रकाशित एक रिपोर्टमा विश्व चर्चित डाइटिसियनहरुले भात र रोटीले उत्तिकै क्यालोरी दिने भएका कारण भारत र रोटीले फरक नपार्ने बताएका छन् ।
तर पेटको दृष्टिले रोटीमा फाइबरको मात्रा बढी हुने हुँदा त्यसले पाचनमा सजिलो हुने उनीहरुको भनाइ छ । भातमा भने फाइबरको मात्र हुँदै हुँदैन भन्दा पनि हुन्छ । भात खाँदा छिटो भोक लाग्ने र रोटी खाँदा केही समय सम्म भोक नलाग्ने भएका कारण रोटी खानु उचित मानिएको हो । जसलाई भात खाने बानी परेको छ त्यस्ताका लागि भने भारतमा फाइबरको मात्रा हुने चिजहरु मिसाएर पकाउनु पर्ने डाइटिसियनको सुझाव छ । चामल र गहुँमा चिल्लो पदार्थको मात्रा भने बराबर हुने डाइटिसियनको भनाइ छ । एजेन्सी
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment