Monday, May 29, 2017

प्रकाश दाहालले पाउने, धुर्मस-सुन्तलीले नपाउने यो कस्तो पदक ?

काठमाडौं, १५ जेठ । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीका छोराछोरीले राज्यले दिने विभुषण तथा पदक दिएको खबरको बिरोध भइरहेका बेला घरबारबिहीन र घर भत्किएकाहरूलाई घर बनाएर निःशुल्क उपलब्ध गराउने सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’लाई भने कुनै पनि पदक दिइएन ।

गणतन्त्र दिवस ०७४ को अवसर पारेर राज्यले ५१४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदक प्रदान गर्ने निर्णय गरेको थियो ।

धुर्मुस–सुन्तलीले गरेको योगदानलाई राज्यले देख्न नसकेको भन्दै असन्तुष्टि बढेको छ ।

यति लामो सूचीमा केही यस्ता व्यक्तिको नाम भेटिएन, जो पदकका सवैभन्दा बलिया दावेवार थिए ।

तीन ठाँउमा एकीकृत बस्ती निर्माण गरेर हस्तान्तरण समेत गरिसकेको यो जोडीको नाम कहिकतै सम्मानमा नहुँनु दुःखको कुरो भएको टिप्पणी हुन थालेको छ ।

राज्यको तर्फबाट दिइने कुनै पनि सम्मानको अहिलेसम्म आफूहरूले नपाएको कलाकार सीतारमा कट्टेल ‘धुमर्स’ले बताए ।

गत वर्ष ‘प्रवलजनसेवा श्री’ सिफारिसमा परेपनि अहिलेसम्म उक्त पदक नपाएको सीताराम कट्टेल ‘धुर्मुस’ले बताए ।

धुर्मुस सुन्तलीले काभ्रेको पहरी गाउँमा, गिरानचौर र महोत्तरीका मुसहर समुदायका लागि गरेर तीन एकीकृत नमूना बस्तीबाट निर्माण सम्पन्न गरिसकेका छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment