पोखरा, १ जेठ । कास्कीको मादी गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार सुरज गुरुङ विजयी भएका छन् ।
गुरुङले ५५७ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ४३४ र माओवादी केन्द्रका उम्मेदवारले १४ मत मात्रै प्राप्त गरे ।
मादी गाउँपालिकाका अन्य पद र वडाहरुको मतगणना जारी छ । अहिलेसम्मको मतगणनामा मादीमा एमालेले अग्रता लिएको छ । गाउँपालिका प्रमुखमा एमालेका उम्मेदवारले ५५३, कांग्रेसले ४३३ र माओवादी केन्द्रका उम्मेदवारले १० मत प्राप्त गरेका छन् ।
त्यस्तै, गाउँपालिकाको उपप्रमुखमा एमालेको ५५१, कांग्रेसको ४३३ र माआवबादी केन्द्रका उम्मेदवारले १२ मत प्राप्त गरेका छन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment