आइतबार भएको स्थानीय तहको निर्वाचनको मत गणना अहिले जारी छ। जारी मत गणनामा कांग्रेस र एमालेबीच तीव्र प्रतिष्पर्धा भइरहेको छ।
अहिलेसम्म मत गणना भइरहेका महानगर र नगरपालिकामध्ये कांग्रेसले ललितपुर महानगरमा अग्रता कायमै राखेको छ भने दोलखाको जिरी, जुम्लाको चन्दनाथ, रुकुमको मुसिकोट नगरपालिकामा पनि कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। त्यस्तै काठमाडौंका टोखा, कागेश्वरी र चन्द्रागिरी नगरपालिकामा कांग्रेसका उम्मेदवार अगाडि छन्।
त्यस्तै गोरखा नगरपालिकामा पनि कांग्रेस उम्मेदवार अग्रस्थानमा छन्। नवलपरासीको देवचुली नगरपालिकामा पनि कांग्रेसका उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन्।
चन्द्रागिरीअपडेट
काठमाडौंको चन्द्रागिरी नगरपालिकामा आइतवार भएको स्थानीय निकायको निर्वाचनको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।
पछिल्लो अपडेट अनुसार नेपाली काग्रेसका मेयरका उम्मेदवार धनश्याम गिरीले २ सय ९३ मत पाएका छन् । नेकपा एमालेका प्रह्लाद कार्कीले १०१ र माओवादी केन्द्रका श्रीकृष्ण श्रेष्ठले १ सय १४ मत पाएका छन् ।
उपमेयरमा नेपाली काग्रेसका उम्मेदवारले २ सय ४३, नेकपा एमालेका उम्मेदवारले १ सय ४५ र माओवादी केन्द्रका उम्मेदवारले ३३१ मत प्राप्त गरेका छन्
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment