Monday, May 1, 2017

सेक्सको उपयुक्त समय कुन ?

सेक्सको विषयलाई लिएर आफ्नो यौनसाथीसंगको संबन्ध नबिग्रियोस् भन्ने चाहनुहुन्छ ? यदि तपाईं आफ्नो यौनसाथीसंग सेक्सको भरपूर आनन्द उठाउन चाहनुहुन्छ भने तपाईंलाई केही महत्वपूर्ण कुरा थाहा हुनु आवश्यक छ । यस्तै कुरा पत्ता लगाएका छन् जर्मनीका अनुसन्धानकर्ताले ।

जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धानकर्ताहरूले सयौं महिलामा  गरेको अनुसन्धानमा कुन बेला सेक्स गर्दा महिलालाई आनन्द आउछ भन्ने पत्ता लगाएका छन् ।

सेक्सोलोजिष्टका अनुसार महिनावारी पूरा भएको ५ देखि ७ दिनमा महिलाहरू सेक्सको मूडमा हुन्छ । यसबेला सेक्सका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुन्छन् । अनुसन्धानकर्ताहरूले महिलाको ब्रेन वेब्समाथि धेरै अनुसन्धान गरेका थिए । जसमा महिनावारी भएको ५ देखि ७ दिनमा सेक्स गर्दा बढी आनन्दको अनभूति हुने पत्ता लागेको थियो ।

भर्जिनिया युनिभर्सिटीका साइक्रियाट्रिक मेडिसिनका प्राध्यापक क्लेटनका अनुसार महिनावारीको अवधिपछि महिलामा सेक्स इच्छा जागृत हुनु स्वाभाविक हो । यो समयमा गर्भधारणको सम्भावना बढी पनि हुन्छ ।

अनुसन्धानकर्ताले यसका लागि १ हजार युवा तथा महिलालाई समावेश गरेका थिए,जसमा प्रत्येक महिलाले महिनावारीपछिको ५ देखि ७ दिनसम्म भरपूर सेक्सको आनन्दको चाहना हुने गरेको बताएका थिए । यो अवधिमा गरेजस्तो सेक्सको आनन्द अरू दिनमा नहुने उनीहरुले बताएका थिए । यद्यपि केही यौनमनोविद्ले भने सेक्सका लागि कुनै खास समय या दिन नहुने बताउने गरेका छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment