Wednesday, May 3, 2017

जोगी देखि चण्डीमातासम्म काठमाडौंका मेयरका उम्मेद्धार

बीस वर्ष पछाडि हुन लागेको स्थानीय तहको निर्वाचनको आकर्षण र उत्साह कतिसम्म छ भने मेयरका आकाक्षीहरु हेर्दा पनि थाहा हुन्छ । देशकै सबैभन्दा बढी महत्व राख्ने काठमाडौको मेयरका आकाक्षी मात्र दर्जन बढी छन । जसमध्य नेपाली कांग्रेसका तर्फबाट उद्योगमन्त्री नबिन्द्रराज जोशीका दाजु राजुराम जोशी,एमालेका तर्फबाट विद्यासुन्दर शाक्य,माओवादीका उम्मेद्धार सर्वोत्तमदास डंगोल,नयाँ शक्तिले व्यापारी पवित्र बज्राचार्य,जनमोर्चाले डा निर्मल कुमार थापा,साझा पार्टीले पूर्व सचिव किशोर थापा, र बाँकी भने स्वतन्त्र उम्मेद्धारहरु छन । यी स्वतन्त्र उम्मेद्धारका रुपमा जोगी देखि चण्डी मातासम्म मैदानमा देखिएका छन । तीनै मध्यका चर्चित रेस्लरले समेत आफ्नो उम्मेद्धारी दर्ता गराएका छन ।

महानगरपालिकको आसन्न निर्वाचनका लागि काठमाडौं महानगरपालिका वडा नं ६ की ज्ञानुमायाँ तामाङ उर्फ ज्वालादेवी चण्डीमाताले मंगलवार मनोनयन दर्ता गराएकी छिन् । उर्मिला मानन्धर प्रस्ताव र पूर्णदेवी मानन्धरको समर्थनमा उनले उम्मेदवारी दिएकी हुन् । मंगलवार निर्वाचन कार्यालय पुगेर उनले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

त्यस्तै, काठमाडौं महानगरपालिकाको मेयरमा एक बलिष्ट रेस्ट्लरले पनि उम्मेदवारी दिएका छन् । काठमाडौं महानगरपालिका वडा नं। ३ का भरतबहादुर विसुराल उर्फ हिमालय टाइगरले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

सुसान्त श्रेष्ठ ‘नरदेवी’को प्रस्ताव र रविन्द्र प्रजापतिको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएका हुन् । अघिल्लो संविधानसभा चुनाव २०७० मा काठमाडौं क्षेत्र नम्बर १० बाट स्वतन्त्र उम्मेदवारी दिएका उनले यसपटक पनि उम्मेदवारी दिएका हुन् । यसअघि २०४८ सालको चुनावमा उनी ४ क्षेत्रबाट उम्मेदवार उठेका थिए । त्यस्तै, काठमाडौं महानगरपालिकाकै मेयरमा ६९ वर्षीय विनोदकुमार क्षेत्रीले पनि उम्मेदवारी दिएका छन् । जोगीसमेत रहेका उनले मंगलवार निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका थिए । उनले पनि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

यसपटकको काठमाडौं महानगरपालिकाको निर्वाचनमा विवेकशिल नेपालीका तर्फबाट सबैभन्दा कान्छी उम्मेदवार रञ्जु दर्शना उम्मेदवारी दिएका छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment