Wednesday, May 3, 2017

पतिको हत्या गर्न निरन्तर चार घन्टासम्म शारीरिक सम्बन्ध

एजेन्सी–पुर्व पतिको हत्या गर्न खोज्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको यो हर्कत सुनेर सबै आश्चर्यमा परेका छन् । पुर्ण योजनाका साथ ती महिलाले पुर्व पतिको हत्याको षडयन्त्र रचेकी थिइन् ।

एक मिडिया रिपोर्टका अनुसार पुर्व पतिलाई मार्नु पुर्व उनले ४ घण्टासम्म सेक्स गरेकी थिइन् ।

त्यसपश्चात उनले पतिलाई चक्कु रोप्ने काम गरेकी थिइन् । आरोपी महिलाको नाम डाल्या सैयद हो जसले आफ्नो पुर्व पति बिलाल मिआहको ज्यान लिने प्रयास गरिन् । यो घटना बेलायतको बर्गिह्याममा भएको हो । सन् २०१३ देखि यो जोडी छुटि्टएर बस्दै आइरहेको थियो ।


उनीहरुबीच छोरीलाई लिएर तनाब रहेको थियो । आफुसँग छोरी राख्न दुवै जनाले कोर्टको सहायता लिएका थिए । डाल्यालाई डर थियो कि बिलालले कतै छोरीलाई आफुसँग राख्नेछन् र पाकिस्तान लिएर जानेछन् ।

बिलालका अनुसार त्यो पल निकै दर्दनाक र डरलाग्दो थियो ।

उनी भन्छन्,‘जब डाल्याले काटिएको पेटबाट आन्द्रा निकाल्ने प्रयास गरिन्, म उनी देखि पर भाग्न प्रयास गरिरहेको थिए ।’

उनी यस घटना पश्चात फरार हुने कोशिसमा रहेकी थिइन् । तर, बिलालले उनलाई समात्ने प्रयास गरे । तर, डाल्याले पुन बिलाललाई चक्कु रोप्ने काम गरिन् ।

प्रहरीका अनुसार बिलालको पेटमा ३० वटा टाका लगाइएको छ । उनलाई १० दिनसम्म अस्पतालमा रहेका थिए ।

डाल्या आफुलाई मार्न आएको नियतबारे बेखबर रहेको बिलालले कोर्टमा बताएका थिए ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment