Monday, May 29, 2017

गाउँपालिकामा निर्वाचित अध्यक्ष र उपाध्यक्ष एमालेमा प्रवेश

नेपालगञ्ज, १६ जेठ । स्वतन्त्र उम्मेदवारी दिएर मुगु जिल्लाको छार्का ताङसोङ गाउँपालिका अध्यक्ष निर्वाचित सेनाङ गुरुङ र शे–फोक्सुन्डोका उपाध्यक्ष धावासम्दुक गुरुङ एमाले प्रवेश गरेका छन् ।

सेनाङले एमालेकी आधिकारिक उम्मेदवार त्होता गुरुङलाई पराजित गरेका थिए । धावासन्दुक यसअघि पार्टीको जिल्ला कमिटी सदस्य थिए । उनी निर्विरोध निर्वाचित भएका हुन् ।

दुवैले पार्टीमा आउने जनाएपछि फेरि प्रवेश गराइएको एमाले जिल्ला कमिटी सचिव नन्दसिंह बुढाले बताए ।

उनीहरू पार्टीले उम्मेदवारी चयनमा मनपरी गरेको भन्दै स्वतन्त्र उम्मेदवारी दिएर विजयी बनेका थिए ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment