Tuesday, May 23, 2017

प्रकाश दाहालको यस्तो प्रहारले, प्रचण्डको राजीनामा भन्दा प्रकाशको स्टाटसको चर्चा बढी

काठमाडौं । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिंदै गर्दा छोरा प्रकाश दाहालले प्रमुख प्रतिपक्षी एमालेमाथि कडा प्रहार गरेका छन् ।



प्रकाशले मंगलबार अपराह्न सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्डको अर्को रेकर्ड भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् ।

जनताले विभिन्न काममा प्रचण्डलाई बधाई दिइरहेको उल्लेख गर्दै उनले कसैले राजीनामा नमागेको, अविश्वास प्रस्ताव पनि दर्ता नभएको, संसदमा बहुमत नगुमाएको, सरकारमा रहेका दल र प्रतिपक्षीले पनि राजिनामा नदिन भनिरहेको बेला राजीनामा दिएर प्रचण्डले सहमति कार्यान्वयनमा प्रतिबद्ध रहेको र इमान्दार रहेको पुष्ट गर्न खोजेको भनेका छन् । त्यस्तै, उनले आगामी सरकारलाई सफलता पूर्वक निर्वाचन सम्पन्न गर्न पनि आग्रह गरेका छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment