Tuesday, May 23, 2017

जेल सजाय भोगीरहेका आमावुवालाई जेलमुक्त गरिदिन नौं वर्षिया अबोध बालिकाको चित्कार (भिडियो)

०९, जेष्ठ ०७४ । ललितपुर । कथित वोक्सीको आरोपमा सल्यानस्थित जिल्ला कारागारमा चार वर्षको जेल सजाय भोगी रहेका सल्यान कुबिन्डे–४ ज्यामिरेस्थित शामूएल मण्डलीका सदस्यहरु श्रीमान् रुपलाल परियार र श्रीमती गंगा परियारका दुई नावालाक सन्तान (आठ वर्षिय शामूएल परियार र नौं वर्षिया रिता परियार)ले आज राजधानीमा आयोजना भएको पत्रकार भेटघाटमा सवैलाई रुवाए ।

२०७३ साल पुश ४ गते दम्पती परियारलाई सल्यानस्थित जिल्ला कारागारमा चार वर्षको जेल सजाय सुनाइएपछि परियार दम्पतीका दुई नावालाक सन्तान साहाराविहीन भएका थिए । राष्ट्रिय ख्रीष्टियान महासघका अनुसार केन्द्रीय बाल कल्याण काठमाडौंको सहयोगमा जिल्ला बाल कल्याण सल्यानले साहाराविहीन दुई बालबालिकालाई सल्यानबाट आजै काठमाडौं ल्याई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । उनीहरु दुवै दिदीभाइलाई जिल्ला बाल कल्याण सल्यानले जोरपाटीस्थित ज्योतीको घर बालगृहमा राख्ने अनुमति दिएपछि ख्रीष्टियान महासंघले ती दुवै बालबालिकालाई आज नै पत्रकार सम्मेलनमार्फत ज्योतीको घर बालगृहलाई जिम्मेवारी लगाएको छ ।


पत्रकार सम्मेलनमा सल्यानबाट बालबालिकाको साथमा काठमाडौं आएका चर्चका आफन्तले दम्पती परियार वोक्सिको झुठो आरोपमा चार वर्षका लागि जिल्ला कारागार सल्यानमा थुनामा रहेको वारेमा भन्न थालेपछि नौं वर्षिया रिता परियार आफ्नो आमावुवालाई सम्झि भक्कानिएर रुन थालेकी थिइन । उनी रोएको देखेपछि संगैं वसेका महासंघका अध्यक्ष गहतराजले आफ्नो काखमा रितालाई थमथम्याइ रहेका के थिए नाबालक रिताको चित्कारलाई थाम्न नसकेर अध्यक्ष गहतराज आफैपनि भक्कानिएर रोए । पत्रकार सम्मेलनमा जेलमा सजाय भोगीरहेका आफ्ना आमावुवालाई जेल मुक्त गरिदिन उनी यसरी भक्कानिएर एकोहोरो रोइरहेकी थिइन ।



ख्रीष्टियान महासंघ नेपालका अध्यक्ष सि.वि.गहतराजको काखमा साहाराविहीन रीता परियार करिव १५ मिनेटसम्म एकोहोरो रोइ रहिन । मानभवनस्थित ख्रीष्टियान महासंघको सभाहलमा आयोजना भएको पत्रकार सम्मेलनमा नाबालिका रिता परियार एकोहोरो रोएपछि सभाहलको वातावरण एकछिन फरक भयो । पत्रकार सम्मेलन सक्किएर सवै आआफ्नो घरसम्म जान लाग्दा समेत ती अवोध बालिका एकोहोरो रोइ रहिन । यतीसम्मकी ज्योतीको घर बालगृहका कार्यकारी निर्देशकले कार्यक्रमस्थलबाट उनी लगायत उनको भाइलाई समेत वाहिर ल्याउँदा समेत उनका रिता भक्कानिएर रोइरहेकी थिइन । स्रोत- तुरहीडटकम



Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment