Wednesday, May 24, 2017

दुवईमा भएको दुर्घटनामा ज्यान गुमाउने नेपालीको संख्या तीन पुग्यो, नामावली सहित

दुवईमा भएको दुर्घटनामा ज्यान गुमाउने नेपालीको संख्या तीन पुग्यो, एकको पहिचान खुलेन

युएई, जेठ १० – दुवईमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा ज्यान गुमाउने नेपालीको संख्या तीन पुगेको छ ।
मंगलबार भएको दुर्घटनामा नेपाली सहित सात जना प्रवासी कामदारको घटनास्थलमै ज्यान गएको थियो । ज्यान गुमाउने सात मध्ये २ जना नेपाली सहित दुई जना भारती, २ जना पाकिस्तानी र एक बंगालादेशी नागरिक हुन । दुर्घटनामा परेर गम्भिर घाइते भएका मध्ये अर्का एक जना नेपालीको बुधवार बिहान उपचारको क्रममा ज्यान गएको हो ।

मंगलबार ज्यान गुमाउने नेपालीहरुमा बासुदेब लामिछाने र कृष्ण भुसाल छन् । उनीहरुको ठेगाना भने खुलेको छैन । बुधबार ज्यान गुमाएका एक नेपालीको पहिचान नखुलेको नेपाली दूतावास आबुधाबीले जनाएको छ ।
दुवईको मोहम्मद बिन जायद र शेख जायद सडकको बिचमा पर्ने अल यलायिस स्ट्रिटमा भएको दुर्घटनामा ८ जनाको ज्यान गएको थियो । ट्रान्सगार्ड सेक्युरिटी कम्पनी अन्तर्गत होटल एटलान्टिसमा सेक्युरिटी गार्डको रुपमा कार्यरत उनीहरु सोमबार रातीको ड्युटी सकेर क्याम्पमा फर्कंदा दुर्घटनामा परेका थिए ।

कम्पनीकै कामदार बोक्ने बसको टायर बिच बाटोमै पड्किएको थियो । त्यसपछि अनियन्त्रित भएको बस डिभाइडर नाघेर विपरित दिसाबाट आएको ट्रकसँग ठोक्किएको थियो । बसमा ४१ जना कामदार सवार थिए ।
घटनामा परेर गम्भिर घाइते भएकाहरु मध्ये ६ जनाको दुबईको अल रशिद हस्पिटलमा उपचार भइरहेको छ । बाँकीलाई शेख जायद सडकमा रहेको अल जहरा अस्पातल तथा दुबइ इन्भेस्टमेण्ट पार्क डिआइपीमा रहेको न्यू मेडिकल सेण्टरमा उपचार गराइदै छ ।

दुवईका ती अस्पतालमा उपचाररत नेपाली कामदारलाई भेट्न दूतावासको टोली गएको छ । टोलीमा दूतावासका द्वितीय सचिव कृष्ण अर्याल, श्रम सहचारी हिराकुमारी यादव लगायतका प्रतिनिधी हुनुहुन्छ । टोलीले ज्यान गुमाएका नेपालीको पूर्ण विवरण तथा घाइते नेपालीको अवस्थाबारे जानकारी लिने र कम्पनीसँग समन्वय गरेर सहयोगका लागि पहल गर्ने छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment