Monday, May 29, 2017

कांचो, अमिलो आँप खान मिठो मात्रै हैन यस्ता सम्मका फाईदा पनि छन्

आँपलाई फलको राजा पनि भन्ने गरिन्छ । गर्मी महिनामा आँप खान सबैलाई मन पर्छ । पाकेको आँप खानुका फाईदा त हामी सबैलाई थाहा हुन सक्छ तर काँचो अमिलो आँप खानुका फाइदा कमैलाई थाहा हुन सक्छ ।

काँचो आँप नुनसँग खान निकै मिठो हुन्छ । यसरी खान मिठो सँगै शरीरमा फाईदा पनि गर्छ । काँचो आँपमा विटामिन(ए,सी र ई बाहेक क्याल्शियम, फस्फोरस र फाइबर हुन्छ जसले शरीरमा पोषक तत्वको कहि हुन दिँदैन ।

जन्नुहोस् काँचो आँप खानुका फाइदा :
१) ग्यास्ट्रिक

कांचो आँप खाँदा पेट सम्बन्धी समस्या अन्त्य हुन्छ । गर्मीमा प्राय मसालेदार खाना खाँदा ग्यास्ट्रिक बढ्ने हुन्छ । यस्तो खाना खाँदा खानासंगै काँचो आँप खाएमा खान सजिलै पच्छ र ग्यासट्रिक सम्बन्धी कुने समस्या हुँदैन ।



२) सहि ढंगबाट रक्त प्रवाह गर्छ
कांचो आँपमा विटामिन(सी हुन्छ जसले रक्त कोशिकालाई लचीलो बनाउछ र शरीरमा रक्तसञ्चार राम्रोसँग हुन्छ ।



३) शक्ति प्रदान गर्छ
काँचो आँपले शरीरको रोग प्रतिरोधक क्षमता ठीक बनाई राख्न मद्दत गर्दछ । यसमा भिटामिन र खनिज हुन्छ जसले शरीरमा अनेक रोगबाट बचाई राख्छ ।



४) लीवर
काँचो आँप खानाले लीवर मजबूत हुन्छ । जुन मानिसहरुमा लिबरको समस्या छ उनीहरुले काँचो आँप संधै खानु राम्रो हुन्छ।



५) तौल घटाउन
कांचो आँप खानाले तौल कम हुन्छ। किनकी यसमा फाइबर भरपूर मात्रामा हुन्छ जसले शरीरमा जमेर बसेको चिल्लोलाई घटाउँन ममद्दत गर्छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment