Monday, May 22, 2017

नेपालमा विमान दुर्घटनाको इतिहासः ४३ वर्षमा १५ ठूला दुर्घटना

काठमाडौं ।

नेपालको हवाइ आकाश विश्वकै असुरक्षित मानिन्छ । अन्तराष्ट्रिय नागरिक उड्डयन प्राधिकरण आइकाओले नेपालका विमानसेवालाई असुरक्षितको सूचीमा राखेको छ भने नेपाली आकाशमा युरोपेली एयरलाइन्सले विमान उडाउँदैनन् ।








फेरि भेटौंला भनेर गएका रोशन फर्किएनन्
२३ जना सवार रहेको तारा एयरको विमान पोखराबाट जोमसोम जाने क्रममा दुर्घटनाभएपछि नेपाली आकाश र जहाजको सुरक्षाको विषयमा चर्चा हुन थालेको छ ।

विमान सम्पर्कविहिन हुनु अघि पाइलटको सन्देश
विश्कै सबैभन्दा असुरक्षित सूचीमा थियो तारा एयर
को–को परे तारा एयर विमान दुर्घट्नामा(नामवलीसहित)
गत वर्षको सूचीकरण हेर्ने हो भने नेपालका नेपाल वायुसेवा निगम र तारा एयर हवाई विश्वकै सबैभन्दा असुरक्षित एयरलाइन्सहरूको सूचीमा परेका छन् । यी दुवै एयरलाइन्स दुर्गममा उडान गर्ने भएका कारण नै नकारात्मक रेटिङमा परेका हुन् । दुर्गम क्षेत्रमा बढी उडान गर्दा हवाई दुर्घटना बढी हुनु स्वाभाविकै हो । असुरक्षित एयरलाइन्सहरूको रेटिङ गर्दा हवाई दुर्घटनाको सङ्ख्या, यात्रु र चालक दलको मृत्युलाई आधार बनाउने गरिन्छ ।



नेपालमा विमान दुर्घटनाको इतिहास
#नेपालमा हवाइ दुर्घटनाको पहिलो घटना ६ अक्टोवर १९७३ मा भएको थियो । नेपाल बायुसेवा निगमको क्यानडामा निर्मित डि एच सी सिक्स ट्वीनअटर थ्री हन्ण्ड्रेड नाइन नाइन एन एविजी लुक्ला विमनस्थलमा दुर्घटना भएको थियो । सो दुर्घटनामा चालक दलका तीन सदस्य र तीन यात्रु घाइते भएका थिए ।

#नेपाल बायु सेवा निगमकै काठमाण्डौबाट लुक्लाका लागि उडेको अर्को विमान सन् १९९१ जुन ९ तारिखका दिन दुर्घटना भएको थियो । क्यानडामा बनेको डि एच सी सिक्स ट्वीनअटर थ्री हन्ण्ड्रेड नाइन एन एविए खराव मौषमका कारण दुर्घटनामा परेको थियो । सो दुर्घटनामा चालक दलका तीन र अन्य १४ यात्रुको ज्यान गएको थियो ।

#३१ जुलाई १९९२ मा थाइ एयरलाइन्सको विमान दुर्घटना हुँदा विमानमा सवार एक सय १३ जनाको ज्यान गएको थियो । थाइ एयर बसको ३०४ नम्बरको उक्त विमान काठमाण्डौ अवतरण गर्ने क्रममा पहाडमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो ।



#अर्को विमान दुई महिना पछि अर्थात २८ सेप्टेम्बर १९९२ मा दुर्घटना भएको थियो । पाकिस्तान एयरलाइन्सको उक्त विमान दुर्घटनामा १६७ जनाको ज्यान गएको थियो । ए थ्री हण्ड्रेड एयर बस पहाडमा ठोक्किएर दुर्घटनाग्रस्त हुन पुगेको थियो ।



#सन् १९९५ जनवरी सत्र तारिखका दिन नेपाल बायु सेवा निगमको डि एच सी सिक्स ट्वीनएटर थ्री हन्ड्रेड नाइन एच ए वि आइ विमान काठमाण्डौबाट रुम्झाटार जाने क्रममा धावन मार्गमा रहेको खराबीका कारण दुर्घटनामा परेको थियो । सो दुर्घटनामा चालक दलका तीन सदस्य र एक्काइस यात्रु मध्ये एक जना चालक दलका सदस्य र एक यात्रुको मृत्यु भएको थियो ।

#सेप्टेम्बर ५ १९९९ मा नेकोन एयरको वान हण्ड्रेड विमान पोखराबाट काठमाण्डौं आउनेक्रममा दुर्घटनामा परेको थियो । बी ए ई सेभेन फोर एट, फाइभ जेरो वान सुपर टुवी नाइन एन ए इ जी उक्त विमान दुर्घटनामा चालक दलका ५ र १० यात्रु गरी सबै १५ जनाको ज्यान गएको थियो ।

#नेपाल टेलिकमको टावरमा ठोक्किएर विमान दुर्घटनाग्रस्त हुन पुगेको थियो । अर्को विमान दुर्घटना २५ मे २००४ मा काठमाण्डौबाट लुक्ला जाने क्रममा हुन पुगेको थियो । यति एयरलाइन्सको डि एच सी सीक्स थ्री हन्ड्रेड नाइन एन एफ डी ट्वीनएटर सो विमान लुक्ला विमानस्थल नजिकै खराव मौषमका कारण लाम्जुरा पहाडमा ठोकिएर दुर्घटनामा परेका थियो । यात्रु नरहेको सो विमान दुर्घटनामा चालक दलका तीन सदस्यको मृत्यु भएको थियो ।



#सोही वर्ष अक्टोबार १ मा अर्को विमान दुर्घटना भएको थियो । सिता एयरवेजको डोर्नियर टु हन्ड्रेड ट्वान्टीएट विमान लुक्ला विमनस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको थियो । विमानको अघिल्लो गियर फसेका कारण सो दुर्घटना भएको थियो भने दुई दिन सम्म विमानस्थलको धावन मार्ग नै अवरुद्ध बन्न पुगेको थियो ।

#अर्को विमान दुर्घटना २००५ जुन ३० का दिन भएको थियो । गोरखा एयरलाइन्सको सो डोर्नियर टु हन्ड्रेड ट्वान्टीएट विमान लुक्ला विमानस्थलमा धावनमार्गमा धसिएर दुर्घटनाग्रस्त हुन पुगेको थियो । चालक दलका तीन र त्यसमा सवार नौ जना यात्रु दुर्घटनामा घाइते हुन पुगेका थिए । २००८ अक्टोवर आठमा अर्को विमान दुर्घटनाग्रस्त हुन पुग्यो ।

#यति एयरलाइन्सको सो विमान अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त हुन पुगेको थियो । अवतरणका क्रममा आगलागी भएपछि विमानमा सवार अठार जनाको मृत्यु भएको थियो भने चालकलाई भने शकुशल उद्धार गरिएको थियो ।

#सो वर्षको डिसेम्बर २८ का दिन अर्को विमान दुर्घटना हुन पुग्यो । नेपाल बायु सेवा निगमको सो ट्वीनएटर डि एच सी सिजी थ्री हन्ड्रेड नाइन एन ए वि एम विमान उडान भर्ने क्रममा दुर्घटनामा परेको थियो ।



plane crash in Nepal 2#अर्को विमान दुर्घटना २०१० अगष्ट २४ का दिन भयो । अग्नी एयरका सो विमान मकवानपुरमा दुर्घटनाग्रस्त भएको थियो । सो विमान दुर्घटनामा विमानमा सवार १४ जनाको ज्यान गएको थियो । त्यस्तै अर्को विमान सोही वर्षको डिसेम्बर १६ मा भयो । लामिडाँडाँबाट काठमाण्डौ आउँदै गरेको तारा एयरका उक्त विमान ओखल ढुङ्गाको श्रीचौर नौ मानेडाडाँमा ठोक्किएर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा बाइस जना भुटानी नागरिकले ज्यान गुमाएका थिए । ट्राभल एजेन्सीमा नेपाली नाममा दर्ता गरेर भ्रमणमा गएका भुटानीहरु दुर्घटनामा परेपछि केही समय अन्यौल उत्पन्न भएको थियो ।

#अर्को दुर्घटना २०११ सेप्टेम्बर २५ का दिन ललितपुरको विशंखु नारायणमा भएको थियो । बुद्ध एयरको सो विमान दुर्घटनामा विमानमा सवार सबै १९ जनाले ज्यान गुमाएका थिए ।

#त्यस्तै अर्को दुर्घटना २०१२ को मे महिनामा भएको थियो । मे १४ मा अग्नी एयरको डोर्नियर विमान जोमसोमबाट पोखरा आउने क्रममा विमानस्थल नजिकैको डाँडामा ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक दलका तीन सदस्य सहित सबै १६ यात्रुको ज्यान गएको थियो ।



#नेपालमा विमान दुर्घटनाको इतिहासमा अर्को दुर्घटना २८ सेम्टेम्वर २८ २०१२ मा भक्तुपुरको मनोहरामा भएको थियो । सिता एयरको नाइन एन ए एच ए डोर्नियर विमान त्रिभुवन विमानस्थलबाट सोलुको लुक्लाका लागि उडेको केहीबेरमै मध्यपुर ठिमी नगरपालिका सोह्रस्थित मनोहरा किनारमा खस्दा विमानमा रहेका सबै १९ जनाको मृत्यु भएको थियो ।

#त्यस्तै १६ मे २०१३ मा नेपाल बायुसेवा निगमको ९ एन ए बी ओ विमान जोमसोम विमानस्थल दुर्घटना हुँदा छ जना घाइते मात्र भएका थिए ।



#सन् २१४ मा काठमाडौँबाट जुम्लाका लागि उडेको नेपाल वायु सेवा निगमको ९ एन एबिबी ट्विनअटर विमान अर्घाखाँचीको खिदिममा दुर्घटना भएको थियो । अर्घाखाँची सदरमुकामबाट ३० किलोमिटरको दुरीमा रहेको खिदिममा विमान दुर्घटना हुँदा विमानमा चालक दलका ३ सदस्य, १ बालकसहित १५ यात्रु गरी १८ जना को ज्यान गएको थियो ।

नेपालको हवाई उडान असुरक्षित भएको भनी विश्वमा नकारात्मक सन्देश गएको छ । यसलाई सकारात्मक बनाउन तत्कालै सुधार थाल्नु आवश्यक छ
Sources :- nepaliheadlines

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment