Sunday, May 28, 2017

संसारकी सबैभन्दा होची युवती ज्योती आमगेले सरकारसँग सुरक्षाको माग गरेकी छिन्, उनको ज्यानलाई खतरा !

जेठ १३ – संसारकी सबैभन्दा होची युवती ज्योती आमगेले सरकारसँग सुरक्षाको माग गरेकी छिन् । ज्योतीले पत्र लेखेर महाराष्ट्र सरकारसँग सुरक्षाको माग गरेकी हुन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराइसकेकी ज्योतीले केही मानिसहरुले आफूलाई हानी पुर्याउन चाहेको मिडियासँग बताएकी छिन् । बिग बसको तेस्रो संस्करणमा भाग लिइसकेकी ज्योती २५ वर्ष पुगिसकेकी छिन् । उनको उचाई ६१.९५ सेन्टिमिटर छ ।

ज्योती हलिउड फिल्ममा आफ्नो नाम स्थापित गर्न चाहेको बताउँछिन् । उनले हलिउड फिल्म लेग जिन्डोमा काम गरिसकेकी छिन् । यसका साथै उनी अमेरिकी हरर स्टोरीमा पनि काम गरिसकेकी छिन् । यी दुबै भूमिकामा उनले निकै प्रशंसा कमाइसकेकी छिन् ।

पछिल्ला दिनमा ज्योतीले सलमान खान र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्न इच्छन देखाएकी थिइन् । उनले सन् २००९ देखि लगातार गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो कम उचाईका कारण दर्ता गर्न सफल भएकी छिन् । कुनैबेला आफ्नो उचाई नबढेकोमा चिन्ता लिने ज्योतीलाई स्कूल र घर वरिपरिका मानिसहरुले निकै जिस्काउने गर्दथे । अब मानिसहरु उनलाई विभिन्न स्थानबाट भेट्न आउने गरेको बताउँछिन् ।

ज्योतीको भनाई अनुसार उनको यही सफलताका कारण केही मानिसहरुले उनलाई हानी पुर्याउने कोसिस गरिरहेका छन् ।

साभार :- sajhapage

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment