Tuesday, May 2, 2017

चुनाव नजिकिदै गर्दा गाउँघरमा बम भेटिन थाल्यो

कैलालीको जवलपुर गाउँमा भेटिएको बाल्टिन बम सेनाले निश्क्रिय बनायो ।

१९ बैशाख, कैलाली । घोडाघोडी नगरपालिका-११ जवलपुर गाउँमा खेतको ढिस्कोमा गाडेको अवस्थामा फेला परेको बाल्टिन बमलाई नेपाली सेनाको टोलीले निश्कृय पारेको छ ।

स्थानीयले दिएको सूचनाको आधारमा बोराडाँडीस्थित नेपाली सेनाको बम डिस्पोजल टोलीले सोमबार बाल्टिन बमलाई निश्क्रिय पारेको हो ।

सेनासँगै गएको सुरक्षा बेस क्याम्प पहलवानपुरका शसस्त्र प्रहरी निरिक्षक अनिल शाहीले बाल्टिन बम शसस्त्र द्वन्द्वको बेला बिपक्षी शक्तिले लुकाएको हुनसक्ने प्रतिक्रिया दिए । (अनलाइन खबर डटकम बाट साभार)

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment