Saturday, May 13, 2017

दोलखामा झडप, ६ राउण्ड हवाई फायर, ६ जना घाइते

दोलखाको तामाकोशी गाउँपालिका झुलेको अमर उच्च मावि मतदान केन्द्रमा झडप हुँदा ६ जना घाइते भएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा ६ जना घाइते भएको दोलखा प्रहरीले जनाएको छ ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड हवाई फायर गरेको छ । घाईतेको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

यस्तै बैत्वश्वरको गैरमुदी केन्द्रमा मतदानका क्रममा तनाव भएपछि स्थितीलाई नियन्त्रणमा लिन ६ राउण्ड हवाई फायर गरिएको प्रहरी नायव उपरिक्षक रविन कार्कीले जानकारी दिए । हवाई फायरबाट केही मतदाता घाइते भएका छन् ।

बुथ कब्जा गर्ने उद्देश्यले मतदान बिथोल्ने क्रियाकलाप भएकाले हवाई फायर गर्नु परेको कार्कीले बताए । विवादका कारण विगु गाउँपालिकाको थम्पु मावि आलम्पुमा रोकिएको मतदान प्रक्रिया सुरु भएको सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment