Saturday, May 13, 2017

नायिकाबाट नेत्री बनेकी करिश्माको पीडा, पतिका कारण भोट हाल्न पाइनन्

नायिकाबाट नेत्री बनेकी करिश्माको पीडा, पतिका कारण भोट हाल्न पाइनन्

काठमाडौं, ३१ वैशाख– चलचित्र क्षेत्रबाट राजनीतिमा प्रवेश गरेकी करिश्मा मानन्धरले आफ्नै पतिका कारण काठमाडौंबाट मतदान गर्न नपाएको भन्दै आक्रोश पोखेकी छन् ।

पहिलो चरणको स्थानीय निर्वाचन अन्तर्गत आज मतदान जारी रहेका दिन आफूले मतदान गर्न नपाएको भन्दै करिश्माले पति विनोद मानन्धरमाथि आक्रोश पोखेकी हुन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै करिश्माले पतिकै कारण आफु मतदानबाट बञ्चित हुनु परेको बताएकी छन् ।

‘विनोद, तिमी एउटा परिवारमा बस्छौ र परिवारका हरेक सदस्यहरुको आफ्नो अधिकार र चाहना हुन्छन् । तिम्रो एकल निर्णयले हुँदैन । सबै कुरामा तिमी नै मालिक बन तर केही कुरा सहन सकिदैन,’ फेसबुकमा लेखेको लामो स्टाटसमा करिश्माले भनेकी छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment