Saturday, May 27, 2017

शिल्पा हुँदा हुँदै छविराजले चलचित्र ‘मंगलम’ मा साम्राज्ञी भित्र्याए !

काठमाडौं– निर्माता छविराज ओझाले नायिका शिल्पा पोखरेल हुँदा हुँदै अर्की नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई चलचित्र ‘मंगलम’मा भित्राएका हुन् । चलचित्रमा उनको भूमिका कस्तो छ भन्ने खुलाइएको छैन । तर, साम्राज्ञीको बढ्दो लोकप्रियतालाई देखेर नै छविले यसो गरेका हुन् भन्ने वुझ्न गाह्रो पर्दैन ।

तर, नायिका साम्राज्ञी भने छविराज ओझाको निर्माणमा तयार भएको चलचित्र ‘मंगलम’लाई आफ्नो सूचीमा नै राख्दिनन् ।अनलाइनखबरसँगको कुराकानीमा उनले निर्माण हुन लागेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’लाई चौथो चलचित्र भनिन् ।

अनी, ‘मंगलम’ सहित त पाँचवटा हुन्छ नी होइन भन्ने प्रश्नमा उनले भनिन्, ‘होइन मैले पूर्ण नायिकाको रुपमा काम गरेको चलचित्रको कुरा गरेको हो । ‘मंगलम’मा मेरो केमियो हो ।’ भलै, साम्राज्ञीको भूमिका ‘मंगलम’मा कम होला ।

तर, काम गरिसकेपछि आफूले काम गरेको चलचित्रको सूचीमै नराख्दा निर्माताको मन दुख्नदैन र ? साम्राज्ञी अहिले एक पछि अर्को चलचित्रमा काम गर्दैछिन् । साम्राज्ञीलाई अब संख्यात्मक चलचित्रमा बढी ध्यान दिन थालेको आरोप समेत लाग्न थालेको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment