एमाले सचिव योगेश भट्टराईका अनुसार एमाले उम्मेदवार हर्ष महर्जन कीर्तिपुर नगरपालिका वडा न. १ को वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
साथै १ नम्बर वडामा एमालेको पुरै प्यानल नै बिजयी भएको छ ।
निर्वाचन आयोगको निर्णयपछि चाँगुनारायणको मतगणना सुरु हुने
नगरकोट, १ जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिकाको नगरकोट मतदान केन्द्रमा मादल चिह्न नभएको नवलपरासीको मतपत्र बदर गर्ने वा पुनः मतदान गराउने विषयको विवाद टुङ्गिएको छैन ।
भर्खरै बसेको सर्वदलीय बैठकले सो समस्या समाधानका लागि निर्वाचन कार्यालयलाई लेखी पठाउने र जवाफ प्राप्त हुनासाथ मतगणना सुरु गर्ने गरी सहमति भएको नेपाल मजदुर किसान पार्टीका चाँगुनारायण नगरपालिका वडा नं ८ का अध्यक्षका उम्मेदवार गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
वैशाख ३१ गतेको मतदानमा चाँगु नगरपालिकाको नगरकोटस्थित मतदान केन्द्रमा नवलपरासी जिल्लाको मतपत्रमा नेपाल मजदुर किसान पार्टीको चुनाव चिह्न नै थिएन ।
करिब २२ वटा मत खसिसकेपछिमात्र नवलपरासी जिल्लाको मतपत्र परेको तथ्य बाहिर आएको थियो । उम्मेदवारको चुनाव चिह्न नै नभएको मतपत्र सदर वा बदर गर्ने, गणना गर्ने वा नगर्ने विषयमा विवाद टुङ्गिन नसक्दा मतगणना सुरु हुन नसकेको हो । चुनाव चिह्न नै नभएका मतपत्र स्वतः बदर हुनुपर्ने स्थानीय मतदाताको भनाइ छ । रासस
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment