काँग्रेस र एमालेले एकर एक तहमा जित हाँसिल गरेको अवस्थामा एमालेले एक स्थान थपेर दुई बनाएको छ । काँग्रेसको भने एक स्थानबाट अहिलेसम्म बढेको छैन । अन्तिम परिणाम अनुसार मनाङको चामे गांउपालीकामा एमालेले मेयरमा जित हाँसिल गरेको छ, उक्त गाँउपालीकामा उपमेयर भने काँग्रेसले जितेको छ ।
ललितिपुर बाहेक अन्त १० तहमा अग्रस्थानमा रहेको एमाले पछिल्लो मतगणना परिणम अनुसार ३५ स्थानमा हिसाब गर्दा एमालेको १४ स्थानमा अगाडी देखिन्छ भने नेपाली काँग्रेस १६ स्थान यही तरिकाले हिसाब गर्ने हो भने २ सय ८३ स्थानमा मत गन्दा कम्तीमा ५० प्रतिशत स्थानमा काँग्रेसले बिजयी हांसिल गर्ने अनुमान गर्न सकिन्छ । मतगणनाको सुरुवातीमा काँग्रेसभन्दा धेरै नै अग्रपङतिमा रहेको एमालेलाई काँग्रेसले पछारिसकेको छ ।
०५४ सालमा स्थानीय निकायमा झण्डै एकछत्र कब्जा जमाएको नेकपा एमालेले यसपटक आफूले जित्ने गरेको आँकलन गलत सावित हुने अनुमान लगाउन सकिन्छ ।
सरकारको नेतृत्व गरेका माओबादी केन्द्रका अध्यक्ष प्रधानमनत्ती पुष्पकमल दाहालको पार्टीले भने ६ स्थानमा आफ्नो अग्रता देखाएर ०७० सालको संबिधानसभाको निर्बाचनमा हांसिल गरेको मतपरिणामलाई पछ्याएको छ ।
मतपरिणाम सार्बाजनिक नभईकन यो नै हुन्छ भनेर ठोकुवा गर्न नसकिएपनि एमालेलाई दोस्रो स्थानमा बस्नुपर्ने बाध्यता हुने पछिल्लो मतपरिणको डाटा हेर्दा सहजै अनुमान गर्न सकिन्छ । सबैमत परिणामको सार्बजनिक हुन भने भोलीसम्म लाग्न सक्छ ।
श्रोत : सुर्यखबर
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment