Sunday, May 28, 2017

नेपाल टेलिकम र एनसेल बीच यस्तो सेटिङ्ग

काठमाडौं, १५ जेठ । ४७ अर्ब रुपैया वार्षिक नाफा कमाई गर्ने प्रस्तावमा नेपाल टेलिकमको प्रवन्ध निर्देशक बनेकी कामिनी राजभण्डारीले अहिले मासिक एक अर्ब नाफा घटाइरहेकी छन् ।

प्रवन्ध निर्देशक राजभण्डारी, प्रवन्धक प्रदिप ठाकुर, पूर्व प्रवन्ध निर्देशक अनुपरञ्जन भट्टराई, पूर्व नायव प्रवन्धनिर्देशकहरु कृष्ण घिमिरे र राजेन्द्र नकर्मीहरुको मिलेमतोमा नेपाल टेलिकमले देशभरका लागि निकट समयमा सञ्चालन गर्नका लागी फोरजी सेवा सञ्चालन गर्ने समिति गठन गर्न समेत ढिलाई गरेको छ । जस्का कारण एनसेलले पुरै बजार लिइसकेपछि मात्रै नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन हुने गरी प्रबन्धक ठाकुरले एनसेलका वरिष्ठ अधिकारीहरुसँग सेटिङ मिलाएका छन् ।

सेटिङ मिलाउने व्यवस्थाका लागि पनि कर्मचारी

च्यामु भन्ने आठौ तहका एक जना कर्मचारीलाई दलालको काम गर्ने गरी पूर्वप्रवन्ध निर्देशक भट्टराईले एमडीको सहयोगीका रुपमा काम गर्ने गरि राखेका छन् । नेपाल टेलिकममा फोरजी सेवाका लागि भनेर एकसय पच्चिस करोड रुपैयाको भ्रष्टाचार गरिएको छ । तर पटक पटकको उजुरी पश्चात पनि खाली पत्रचार गर्ने बाहेक अख्तियार दूरुपयोग अनुसन्धान आयोगबाट काम हुन सकेको छैन । नेपाल टेलिकममा फोरजीका सेवा सञ्चालनका लागि जेटिइले १२ करोड रुपैयामा प्रस्ताव गरेको भएपनि कमिसनकै कारण हुवावे कम्पनीलाई रोजिएको थियो । अहिले कमिसन उपलव्ध गराउनुपर्ने व्यक्तिहरुको खाता खोलेर सिंगापुरमा रकम जम्मा गरिएको एक जना कर्मचारीले बताए ।

घुमघामका लागि भट्टराईको भरतपुरमा फ्लाट

टेण्डर पारेर काम दिलाएको भन्दै पूर्व प्रवन्ध निर्देशक अनुपरञ्जन भट्टराई हुवावे कम्पनीले तिर्ने गरी जाडो समयमा केहि दिन बस्नका लागि पनि फ्लाट भाडामा लिएका छन् । नेपाल टेलिकममा दलाली गरे बापत पूर्व प्रवन्ध निर्देशक भट्टराईले हुवावेसँग यो काम गर्न लगाएको टेलिकम स्रोतले बतायो । उक्त ठाउँमा उनले कम्पनीका एजेण्टहरुलाई पनि बस्ने व्यवस्था मिलाउने गरेका छन् । उमेरमा डाडो काटेपनि रंगिला भट्टराईले के कामका लागि त्यो स्पेश लिएका हुन त भन्ने प्रश्नमा प्रष्ट बताउन चाहेनन् ।

एक महिनामा लक्ष्य भन्दा एक अर्व कम

राजभण्डारी प्रवन्ध निर्देशक बनेपछि टेलिकमको आन्तरिक अवस्था दिन प्रतिदिन धारासायि बन्दै गएको छ । टेलिकमको आन्तरिक रिपोर्ट समेत डायरी एक्सप्रेस साप्ताहिकले दुई पटक प्रकाशन गरिसकेको छ । सबै वित्तिय सुचांकहरु ऋणात्मक रहेका छन् । बैकिङ तरलताका कारण बैंकमा राखिएको रकमको व्याज बढेर देखिएको नाफा बाहेक कार्य सञ्चालन आयमा पनि माइनस तीनमा, खूद मुनाफामा वृद्धिमा माइनस जिरो प्वाइन्टमा, सम्पत्तिको प्रतिफल वृद्धिमा माइनस दूईमा, प्रति शेयर आय वृद्धिमा माइनस जिरो प्वाइन्ट पच्चिस, ग्राहक संख्या वृद्धिमा माइनस चार प्वाइन्ट बयासी छ । यसरी अन्तर्राष्ट्रय आगमन र बाह्यगमन कलमा पनि राजश्वको लक्ष्य भन्दा तीन दशमलब बाउन्न अरब रुपैया कम हुने देखिएको छ ।

देशभरमा टेलिकमको फोरजी एनसेलको पश्चात

नेपाल टेलिकमलाई धारासायि बनाउनकै निमित्त एनसेलले फोरजी सञ्चालन गरिसकेपछि मात्रै काम अघि बढाउने गोप्य सहमति भएको छ । काठमाडौं र पोखरामा सञ्चालन गरेको भनिएको फोरजी थ्रिजी पनि नभएपछि अहिले लगानी पुरै नोक्सानीमा छ । एनसेलले १ जुन देखि देशभर नै एकैसाथ फोरजी सञ्चालन गर्दैछ । ग्लोबल टेण्डर खोलेर सबै काम सम्पन्न गर्दा टेलिकमका लागि लगभग ६ महिना लाग्ने हुँदा प्रतिस्पर्धी व्यवसायि एनसेलको भन्दा निकै कम आकर्षक टेलिकमको फोरजी सेवा हुनेछ । त्यसका लागि राजभण्डारी, प्रवन्धक ठाकुर र केहि कर्मचारीहरुले एनसेलसँग कमिसन लिएर जनकपुर चुरोट बनाइदिने रणनीतिमा छन् ।

राजभण्डारीको घरमा दैनिक ब्रेकफाष्ट मिटिङ

प्रत्येक बिहान ७ बजे भन्दा अघि नै नेपाल टेलिकमका कुन कुन काममा कति कमिसन लिन सकिन्छ भनेर प्रवन्ध निर्देशक कामिनी राजभण्डारी, उनका श्रीमान् दिगम्बर राजभण्डारी, प्रवन्धक प्रदिप ठाकुर, पूर्व प्रवन्ध निर्देशक अनुप रञ्जन भट्टराई, पूर्व नायव प्रवन्ध निर्देशकहरु कृष्ण घिमिरे र राजेन्द्र नकर्मी पनि उक्त बे्रकफाष्ट मिटिङमा सामेलहुने गर्दछन् । राजभण्डारीको घर होराजन अपार्टमेन्टको अपोजिट रिङरोड बसुन्धारा कल्की मार्ग ३२–४० नम्बरमा मिटिङ पश्चात मात्रै सबै कामको सेडुअल बन्ने गर्दछ । श्रीमान् राजभण्डारी नेपाल एयरलाइन्समा जागिरे रहँदा सुगत रत्न कंसाकारसँगै निलम्बनमा परेर उनी पछि मुद्दा मिलाएका व्यक्ति हुन् ।

भ्रष्टाचारको समर्थन नगर्ने बरिष्ठ डिएमडीहरुलाई सरुवा

कर्मचारी युनियनका नेताहरु कृष्ण अर्याल र मनिल ओझाले पटक पटक सिनियर डिएमडीहरुलाई उपत्यका बाहिर नपठाउन अनुरोध गर्दा पनि राजभण्डारीले प्रतिशोध साधेकी छन् । उनले केन्द्रमै बसेर राम्रो पर्फमेन्स देखाउने विज्ञहरुलाई उपत्यका बाहिर सरुवा गरेर प्रतिशोध साधेकी छन् । तर उनकी छिमकी गुणकेशरीलाई चाँहि राम्रो कमाई हुने ठाउँमा सरुवा गरेकी छन् । आफुले गरेका अनियमितत्ताका ्कामलाई समर्थन नगरेबापत राजभण्डारीले उपत्यका बाहिर पठाएकी छन् ।

एनओसी नेटवर्कको कमिसनमा बार्गेनिङ

मन्त्रीमण्डलको परिवर्तनसँगै आफ्नो पद असुरक्षित ठानेकी प्रवन्ध निर्देशक राजभण्डारीले एन ओ सी नेटवर्कको अपरेशन टेण्डर सेटिङ मिलाउन लगाएकी छन् । वषौ देखि अडकेको टेण्डरलाई सात दिनमै तयार गर्नुभन्ने आदेश छ । एक जना टेलिकमकै कर्मचारीले गुह्य कुरा खोले ।

टेलिकमकै कमिसन खान सञ्चारमन्त्री हुने पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको दाबी

धनगढीको एक कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सञ्चारमन्त्री भएपछि नेपाल टेलिकमबाट मात्रै लगभग बिस अर्व रुपैया भन्दा बढि कमिसन खान पाइने हुँदा प्रधानमन्त्रीले आफ्नै आसेपासे व्यक्तिलाई सञ्चारमन्त्रीको जिम्मेवारी दिने दाबी गरेका छन् । डायरी एक्सप्रेस साप्ताहिकबाट ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment