Tuesday, May 23, 2017

समलैंगिक सम्बन्ध राखेको आरोपमा दुई युवालाई सार्वजनिकस्थलमै कोर्रा हानियो

काठमाडौं, जेठ ९ । इन्डोनेसियामा समलैंगिक सम्बन्ध राखेको आरोपमा दुई युवालाई ८५/८५ कोर्रा हानिएको छ ।

गैरकानुनी भन्ने जान्दाजान्दै समलैंगिक सम्बन्ध राखेको भन्दै २० र २३ वर्षीय दुई युवालाई सार्वजनिकस्थलमै कोर्रा हानिएको हो ।

ती दुबै युवालाई गत मार्च महिनामा स्थानीय वासिन्दाहरुले ओछ्यानमा आपत्तिजनक अवस्थामा भेट्टाएको जनाइएको छ । दुबैको नाम भने गोप्य राखिएको छ ।

आचे प्रान्तको बांदा सहरस्थित एक मस्जिदमा सयौं मानिसकोबीचमा उनीहरुलाई कोर्रा हानिएको थियो ।

इन्डोनेसियामा समलैंगिक सम्बन्धलाई गैरकानुनी मानिँदैन तर, आचे प्रान्तमा इस्लामिक बाहुल्य समुदाय भएकाले त्यहाँ छुट्टै प्रान्तीय इस्लामिक नियम लागू गरिएको छ ।

कोर्रा हानेको दृष्य हेर्नेहरुले यस्तो सजाय दिँदा विकृति बन्द हुने प्रतिक्रिया दिएका छन् ।

सन् २०१४ मा समलैंगिकताविरुद्ध कानुन पारित गरिएको इन्डोनेसियाको उक्त प्रान्तमा पहिलेदेखि नै जुवातास खेल्ने र सार्वजनिकस्थलमा मदिरा सेवन गर्नेलाई पनि कोर्रा हान्ने नियम छ । (एजेन्सी)

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment