काँग्रेसको चितवनको बैठकपछि आज एक विज्ञप्ति जारी गर्दैै नेपाली काँग्रेसले निर्वाचन ऐन, २०७३ को दफा ४९ र ५० बमोजिम पुनः मतदानको माग गरेको जिल्ला सभापति जितनारायण श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
राति मतगणना भइरहेको अवस्थामा भएको घटनाको खेद व्यक्त गर्दै सो पार्टीले घटनाबारे छानबिन गर्न र दोषीमाथि कारबाही गर्न समेत माग गरेको छ । पटक पटक मतगणना व्यवस्थित गर्न माग गर्दा व्यवस्थित चासो नदेखाएकाले उक्त घटना भएको काँग्रेसको निष्कर्ष छ ।
विज्ञप्तिमा भनिएको छ – ‘वडा नं १९ को मतपरिणामलाई असर गर्ने गरी मतपत्र च्यातिएको हुँदा स्थानीयतह निर्वाचन ऐन, २०७३ को दफा ४९ र ५० बमोजिम पुनः मतदान गर्नसमेत जोडदार माग गर्दर्छौं ।’
गएराति ११ः४४ बजे भरतपुर महानगरको मतगणनास्थलमा मतपत्र च्यातिएपछि अहिले मतगणना स्थगित भएको छ । महानगरका २९ वटा वडामध्ये २७ वटा वडाको मतगणना भइसकेको छ । वडा नं १९ को मतगणना हुँदाहुँदै मतपत्र च्यातिएको थियो भने २० नंको मतगणना गर्न बाँकी छ । रासस
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment